Logo

बागमती प्रदेश

स्पेनकी सभामुखसहितको टोलि काठमाडौँ भ्रमणमा आए



स्पेनका सभामुख ब्लान्का मार्टिन डेल्गाडोको नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल आज काठमाडौँ आइपुगेका छन् । उनलाई बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले निमन्त्रणा गरेका थिए ।

स्पेनी सभामुखसहितको टोलिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख श्रेष्ठलगायत प्रदेशसभा सचिव, परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले स्वागत गरेक थिए । उक्त प्रतिनिधिमण्डलमा त्यहाँका प्रदेशमन्त्री, मेयर, लगाएत व्यापारीहरु सहभागी भएका हुन्।

स्पेनी प्रतिनिधिमण्डलले नेपालमा ६ दिनको भ्रमणमा आएको बताएका छन् । उक्त ६ दिनमा विभिन्न विशिष्ट व्यक्तित्वहरुसँग भेटवार्ताका साथै विभिन्न धार्मिकस्थलको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको बागमती प्रदेशका सचिव कृष्णहरि खड्काले बताएका छन् ।

खड्काका अनुसार स्पेनी प्रतिनिधिमण्डलले स्वयम्भूनाथ, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्रको भ्रमण गर्नुका साथै लुम्बिनीमा आयोजित कार्यक्रममा सहभागी भई बौद्धनाथमा भिक्षुहरुसहित दीपप्रज्वलन गर्ने कार्यक्रम रहेको जानकारी दिए।

स्पेनी टोली ६ दिन नेपालमा रहँदा पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)अध्यक्ष केपी शर्मा ओली सँग भेटवार्ता कार्यक्रम गर्ने छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार १२:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।