Logo

प्रमुख समाचार

बागमती प्रदेशमा नयाँ मन्त्रिपरिषद्, कुन सांसदलाई कुन मन्त्रालय ?



बागमती प्रदेशमा बन्न लागेको नयाँ मन्त्रिपरिषद्मा मन्त्रालयको समेत भागबन्डा मिलेको छ । आज पहिलो चरणमा बन्न लागेको चार सदस्यीय मन्त्रिपरिषद्मा सत्ता गठबन्धनमा सामेल तीन दल सहभागी हुने गरी मनत्रालयको समेत भागबन्डा मिलेको हो ।

आज नेकपा (एकीकृत समाजवादी)का प्रदेश संसदीय दलका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा नयाँ सरकार गठन हुदैछ । मुख्यमन्त्री पदमा नियुक्त हुन लागेको पाण्डेले आजै शपथ ग्रहण गर्नेछन् भने उनीसँगै अन्य तीन मन्त्रीको सफथ समेत आजै हुने तयारी रहेको छ ।

नेपाली कांग्रेसबाट पार्टीको प्रदेश संसदीय दलका उपनेता कृष्णलाल भडेलले नेतृत्व गर्ने भएका छन् । भडेलले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारीसहित सरकारमा पार्टीको तर्फबाट नेतृत्व गर्ने भएका हुन् । एकीकृत समाजवादीबाट दलका उपनेता कृष्णप्रसाद खनाल मन्त्री बन्ने भएका छन् । खनालले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी लिएर काम गर्नेछन् ।

त्यसै गरी नेकपा माओवादी केन्द्र प्रदेश संसदीय संसदीय दलको उपनेता कुमारी मोक्तानको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । मोक्तानलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइने भएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार १३:५९   :  बजे

273
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।