Logo

अन्तर्राष्ट्रिय

शाहरुख पुत्र आर्यन धरौटीमा रिहा



लागुऔषधको अभियोगमा पक्राउ परेका आर्यन खान धरौटीमा रिहा भएका छन् । क्रुज लागुऔषध प्रकरणमा मुम्बईको आर्थर रोड जेलमा रहेका चर्चित भारतीय अभिनेता शाहरुख खानका पुत्र आर्यन पक्राउ परेको २६ दिनपछि रिहा भएका हुन् ।

छोरा आर्यन हिरासतमुक्त भएपछि २ नोभेम्बरमा आफ्नो जन्मदिन मनाउन लागेका शाहरुखका लागि अग्रिम उपहार भएको बताउन थालिएको छ । छोरा आर्यनको गिराफ्तारीले शाहहरुखलाई तनाबमा पारेको चर्चा चलिरहेको छ । छोरा सहित जन्मदिन मनाउन पाउने भएपछि शाहरुखलाई राहत मिलेको बताइएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार १७:३६   :  बजे

171
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।