Logo

सूचना/प्रविधि

दिपाश्री निरौलाको फेसबुक अकाउन्ट ह्याक, निरौलाका भान्जासँग च्याट गर्दै ह्याकरले माग्यो १ लाख



पछिल्लो समय महानायकको विषयका कारण चर्चामा आएकी चलचित्र निर्देशक तथा कलाकार दीपा श्री निरौला फेरी चचार्मा आएकी छिन् । यतिबेला भने उनिको फेसबुक अकाउन्ट ह्याक भएका कारण उनी चर्चामा आएकी हुन् ।

कालाकार निरौलाका अनुसार उनको फेसबुक अकाउन्ट ह्याक हुनका साथै, सोही अकाउन्टबाट च्याट गर्दै ह्याकरले १ लाख रुपैयाँसमेत मागेको हो ।

उनले भनिन्  ‘सरोज खनालकोबाट बहिनी कता छौ ? एउटा कुरा गर्नु छ। यो कोड कचोटी पठाऊ त भनेर म्यासेज आएको थियो ।अनि मैले कोड पठाइदिएको हुँ पछि हेर्दा त फेसबुक ह्याक भएको रहेछ ।’ उनका अनुसार कलाकार सरोज खनालको पनि अकाउन्ट ह्याक भएको हो।

उक्त ह्याकरले निरौलाको अकाउन्टबाट भान्जा सुमन गिरीलाई आफ्नो भाइ बिरामी भएको भन्दै १ लाख रुपैयाँ पठाइदिन आग्रह गरेको समेत उनले बताइन् ।

अहिले उजुरी दिन प्रहरीसँग सहकार्य भइरहेको र साइबर ब्युरोमा जाँदै गरेको उनले जानकारी दिइन् ।

प्रकाशित मिति : चैत्र ११, २०७७ बिहीबार  ४ : ०४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।