Logo

सूचना/प्रविधि

“दोश्रो राष्ट्रिय साईबर सुरक्षा गोष्ठी-२०७७” सम्पन्‍न



विश्वमा भईरहेको सूचना प्रविधिको बिकाससंगै यसको प्रयोगमा हुन सक्ने साईबर हमला तथा खतराहरुलाई मध्यनजर गर्दै नेपाली सेनाको साईबर सुरक्षा शाखाको संयोजकत्वमा त्रिभुवन आर्मी अफिसर्स क्लबमा मिति २०७७ चैत्र १२ गते शुरु भएको दुईदिने “दोस्रो राष्ट्रिय साईबर सुरक्षा गोष्ठि-२०७७”  मिति २०७७ चैत्र १३ गते सम्पन्‍न भएको छ ।

प्रधान सेनापति महारथी पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यतामा सम्पन्‍न भएको उक्त दुई दिने गोष्ठीमा राष्ट्रिय साईबर सुरक्षा नीतिको आवश्यकता, निर्माण र प्रभावकारीता, राष्ट्रिय साईबर प्रतिरक्षा प्रणाली, राष्ट्रिय साईबर सुरक्षा अपरेशन केन्द्रको आवश्यकता, निर्माण र बनावट तथा राष्ट्रिय साईबर सूचना आदन-प्रदान संयन्त्र लागायतका एजेण्डाहरुमा व्यापक छलफल भएको थियो ।

सो समापन समारोहमा सरकारी नियकायहरुको तर्फबाट रक्षा मन्त्रालय, अर्थ मन्त्रालय संचार तथा सूचना प्रविधि मन्त्रालय, सूचना विभाग, नेपाल दुरसंचार प्राधिकरण, नेपाल टेलिकम, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा गैर सरकारी निकायहरुको तर्फबाट Internet Service Providers Association of Nepal (ISPAN), Nepal Bank Association, Computer Association of Nepal, Ncell Pvt. Ltd., Vairav Technology, Center for Cyber Security and Research Innovation Nepal (CSRI),  Eminence Ways Pvt. Ltd., Nassec Pvt. Ltd., CryptoGen Nepal Pvt. Ltd., Threatnix Pvt. Ltd., Softwarica College, Islington College, Nepal Engineering College, Nepal College of Information Technology का विज्ञ प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

यस प्रकारको गोष्ठीबाट निस्केका गहन निष्कर्ष, राय तथा सुझावहरु राष्ट्रिय साईबर सूरक्षा तथा प्रतिरक्षा प्रणालीको विकासमा महत्वपूर्ण साबित हुने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७७, शनिबार १७:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।