Logo

शिक्षा

नेपाल राष्ट्रिय शिक्षक संगठन उदयपुरगढी कमिटीकाे अध्यक्षमा खत्री



उदयपुर । नेपाल राष्ट्रिय शिक्षक संगठन उदयपुरगढी गाउँपालिका कमिटीको दोश्रो अधिवेशनले श्यामबहादुर खत्रीलाई अध्यक्ष चयन गरेको छ । महाधिवेशनले खत्रीको अध्यक्षतामा २२ सदस्य नयाँ कार्य समिति पनि चयन गरेको छ । पञ्चावती माध्यामिक विद्यालय उदयपुरगढीमा सम्पन्न अधिवेशनले खत्रीलाई पुनस् दोश्रो कार्यकालको अध्यक्ष चयन गरेको हो ।

उपाध्यक्षमा राजु राना मगर, महिला उपाध्यक्षमा साबित्री कार्की, सचिवमा हेमबहादुर केप्छाकी, सहसचिबमा सबिता शर्मा, कोषाध्यक्षमा दिनेशनारायण श्रेष्ठ, सहकोषाध्यक्षमा चोककुमारी कार्की चयन भएका छन् ।

यसैगरी सदस्यहरूमा क्रमशस् मीना कार्की, खड्गबहादुर कटुवाल, जातेबहादुर सार्की, शोभा खड्का, धनबहादुर कार्की, गोपाल कार्की, डण्डिकेशर सुस्लिङ मगर, लोकबहादुर तामाङलगायत छन् । सेवा निवृतबाट मेनुका रोक्का र शंकर बिक चयन भएका छन् ।

प्रकाशित मिति : मंसिर १६, २०७८ बिहीबार  ५ : १८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।