Logo

प्रमुख समाचार

कृषि विश्व विद्यालयको उपकुलपतिमा डा. महतो नियुक्त



प्रदेश २ सरकारले कृषि विश्व विद्यालयको उपकुलपतिमा डा. वैधनाथ महतोलाई नियुक्त गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले मंगलवार प्रदेश २ का नीति  आयोगका पूर्व सदस्य तथा सिरहा  मिर्चैया नगरपालिका-२ का डा. महतोलाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।

प्रदेशको महत्वाकांक्षी कार्यक्रमको रुपमा रहेको कृषि विश्वविद्यालय स्थापना तथा सञ्चालनको लागि मुख्यमन्त्री राउतले उनलाई नियुक्त गरेकाे बताएका छन् । सहकुलपति तथा सामाजिक विकास मन्त्री नवलकिशोर साहको सिफारिसमा उक्त विश्व विद्यायका कुलपति समेत रहेका मुख्यमन्त्री राउतले महतोलाई नियुक्त गरेका हुन् ।

केही दिनअघि प्रदेश सरकारले सप्तरीको राजविराजमा कृषि विश्व विद्यालय र विरगंज प्राविधिक विश्व विद्यालय खोल्ने गरी अध्यादेश ल्याएको थियो । 
 

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलवार १५:३१   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।