नुवाकोट । नेकपा (माओवादी केन्द्र ) जनसांस्कृतिक महासघं बागमती प्रदेश को प्रथम अधिवेशन भव्यरुपमा सम्पन्न भएको छ ।
केशर कालिकोटेको अध्यक्षतामा संपन्न सम्मेलनमा नेकपा (माओवादी केन्द्र) का पोलीटब्युरो सदस्य हितमान शाक्य प्रमुख अतिथि रहेका थिए ।
उक्त सम्मेलनमा नुवाकोट जिल्ला संयोजक मा तारकेश्वरका युवा नेता तोयानिधि पौडेल निर्वाचित भएका छन् । सम्मेलनले अध्यक्षमा विश्व दाेङ्गलाई चुनेको छ ।
यसैगरी, उपाध्यक्षमा -पूजा श्रेष्ठ र कमानसिं लामा सचिवमा अशोक कुँवर ‘नेत्र’, सहसचिवमा -सन्त लामा र शुशिला खड्का, काेषाध्यक्षमा प्रतीक ब्लाेन निर्वाचित भएका छन् । सम्मेलनले ५१ सदस्यीय समितिलाई निर्विरोध निर्वाचित गरेको छ । प्रमुख अतिथि हितमान शाक्यले निर्वाचित सबैलाई प्रमाणपत्र वितरण गरेका थिए ।
नेकपा माओवादी केन्द्र जनसांस्कृतिक महासघंले नुवाकोटमा पहिलोपटक अधिवेशन गरेको हो ।





















प्रतिक्रिया