नेपाली राजनीतिका लागि यो वर्ष पार्र्टीहरूको महाधिवेशनमय वर्ष बन्दै छ । सत्तामा रहेको नेपाली नेपाली कांग्रेस यतिबेला आफ्नो १४औं महाधिवेशन भव्यरुपमा चलिरहेको छ । कांग्रेसले हाल चलिरहको अधिवेशनलाई सम्पन्न गरेर आमकार्यकर्तामा उत्साह ल्याउने र शान्तिपूर्ण ढंगले निर्वाचन सम्पन्न गराउने काममा जुट्नुपर्छ । सरकारमा भएको नाताले यो दायित्व पूरा गर्ने जिम्मेवारी कांग्रेसको काँधमा छ । लोकतान्त्रिक संविधान र संघीय गणतन्त्रको रक्षा आजको आवश्यकता हो । निर्वाचनमा जाँदा कांग्रेसले सबै गुट मिलेर नयाँ योजना लिएर अघि बढ्नुपर्छ । जनतालाई विश्वास दिलाएर काम गर्नुपर्छ ।
एमाले विभाजन भएपछि कांग्रेस बलियो बनेको छ । अहिले नेपाली कांग्रेस कमजोर छैन किनभने एक त एमाले विभाजित छ, अर्को माओवादी, जसपा र समाजवादी पार्टीले सरकारलाई साथ दिएको अवस्था छ । त्यसमाथि पनि कांग्रेस देशकै पुरानो प्रजातान्त्रिक पार्टी हो । यो पार्टी कुनै बेला कमजोर रहँदैन र कमजोर देखिनु पनि हुँदैन । यसका लागि कांग्रेसले भ्रष्टाचार नियन्त्रण गरेर युवा पुस्तालाई सत्ता हस्तान्तरण गर्नुपर्छ ।
एमाले र राप्रपाले महाधिवेशन सम्पन्न गरेका छन् । राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन्् । कमल थापालाई हराउँदै उनी अध्यक्ष भएका हुन् । राप्रपाको नेतृत्व युवा र नयाँ पुस्तामा गएको छ । राप्रपाका कार्यकर्ताले राम्रो निर्णय गरेका हुन् । यो कुराले अरू पार्टीमा पनि पाठ सिकाउन सक्छ । नयाँ पुस्तामा नेतृत्व जानु भनेको युवाको मनोबल बढनु हो ।
एकता महाधिवेशनपछि सबै खुसीसाथ एकजुट भएको राप्रपामा पराजित भएपछि कमल थापा बरबराउन थालेका छन् । यसले थापा पदका लोभी र डाहाडे स्वरुपका पात्रमा गनिन पुगेका छन् । उनी राजेन्द्रको शपथमा समेत गएनन् । हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा नारा लगाइरहेको राप्रपामा आफूले जिते सबै ठीक आफू हारे सबै बेठीक भन्ने संस्कार मौलाएको छ, यसको अन्त्य हुन जरुरी छ । यस्तो अवस्थामा राप्रपाले असन्तुष्ट पक्षलाई पनि समेटेर अगाडि बढ्नुपर्छ । हुन त, यस्तो रोग सबै पार्र्टीमा छ । बुढा नेताहरूले नेतृत्व छोड्नै नमान्ने, यो प्रवृत्ति गलत छ । अब सबै दलका नेता कार्यकर्ताहरूले सोच्नुपर्ने बेला आएको छ । यस कुरामा राप्रपाले पनि अब सोच्न ढिला गर्नु हुँदैन ।
यता, प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी एमालेले भर्खरै मात्र १०औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गरेको छ । एमालेका अध्यक्ष केपी शर्मा ओली दोस्रोपटक पुनः अध्यक्षमा चुनिएका छन् । एमालेले तामझामका साथ चितवनमा महाधिवेशन सम्पन्न गरेको हो । एमाले महाधिवेशनमा ठूलै जनसहभागिता देखियो । एमालेको त्यो शक्ति प्रदर्शन हो । एमालेले पाँच गठबन्धनलाई शक्ति प्रदर्शन गर्नु थियो, ग¥यो । एमालेका प्रतिस्पर्र्धी अन्य शक्ति त्यो जनसहभागिता देखेर आत्तिएको अध्यक्ष ओलीले नै व्याख्या गरेका छन् । एमाले कमजोर छैन भन्ने संकेत उक्त महाधिवेशनले पुष्टि गरिदिएको छ । जुन अरू पार्र्टीका लागि टाउको दुःखाइको विषय बनेको देखिन्छ । नेपाली राजनीतिमा बेलाबेलामा उतारचढाव आउने गरेको छ ।
यता नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेइतरका वाम शक्ति समेट्ने योजना र रणनीति भएको देखिन्छ । पूर्वमाओवादीका नेता मोहन वैद्य किरणदेखि विप्लवसम्म प्रचण्डसँग मिल्न सक्ने सम्भावना पनि बढेको छ । अर्को कुरा नेकपा माओवादी केन्द्रलगायत एमाले इतरका शक्ति एक ठाउँमा उभिन सक्ने पनि नदेखिएको होइन ।
यता माओवादीबाट छुट्टिएर गएका बाबुराम भट्टराईलाई पनि माओवादीमै फर्कायने प्रचण्डको रणनीति छ । मुलुकमा ०७२ सालमा जारी भएको संविधानप्रति माओवादीलगायत केही दल, समूह अझै पनि असन्तुष्टि नै छन् । उनीहरूलाई चित्त बुझाउन फकाउने प्रयास अवश्य हुने नै छ । संविधानले माओवादीले चाहेजस्तो राजनीतिक व्यवस्था र पद्धति दिन नसकेको देखिन्छ । माओवादीले आफूले चाहेको पद्धति पूरा हुन नसकेको बताउँदै आएको छ । कार्यकारी राष्ट्रपति र पूर्णसमावेशी जनप्रतिनिधिसहितको राष्ट्रिय सभा माओवादीले चाहेको देखिन्छ । उसले आसन्न चुनावमा तालमेल गरेर जाने बताएको छ । माओवादी पार्टीले देशभरी आठ लाख संगठित सदस्य भएको दाबी गरे पनि एक्लै चुनावमा जाने हिम्मत गरेको छैन ।
उता नेकपा एमालेमा ओलीले एकलौटी रूपमा पार्टी चलाइरहेका छन् । पार्टीमा उनले जे भन्यो त्यही चल्छ । यो कुरा महाधिवेशनले देखाएको छ । उनी इतर उठेका नेता भीम रावललाई ओलीले जुन मतले हराए, त्यसले पनि उनको एमालेमा निकै दबदबा रहेको संकेत गरेको छ । एमाले बलियो बन्दै गएको देखेर समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र लगायतका वाम पार्टीमा एक किसिमको त्रास उत्पन्न भएको देखिन्छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि आफ्नो पार्टीलाई बलियो बनाउन चाहेका छन् । त्यसका लागि उनी जुनसुकै हदसम्म जान पनि तयार देखिन्छन् । प्रचण्ड चलायमान नेता हुन् । उनी सशस्त्र विद्रोह गरेर उदाएका नेता हुन् । उनी समय र परिस्थितिअनुसार चल्ने नेता हुन् । भित्री रूपमा प्रचण्ड, विप्लव र मोहन वैद्य समूहका बीचमा केही संवाद अगाडि बढेको कुरा पनि बाहिर आएको छ । आगामी चुनावमा पूर्ण बहुमत कांग्रेस एक्लैले पनि लिन नसक्ने देखिन्छ । ओली नेतृत्वको एमालेले पनि बहुमत ल्याउन सक्दैन । सशक्त र ठूलो पार्टी कसैको बन्ने सम्भावना छैन । जसका कारण राजनीतिक अस्थिरता निम्तिने खतरा बढेर गएको छ । जब बहुमत हुँदैन, तब सरकार निर्माणका लागि दुई वा दुईभन्दा धेरै दल मिलेर सरकार निर्माण गर्नुपर्ने अवस्था आउन सक्छ । त्यस्तो अवस्थामा फेरि भागबन्डा र पैसाको खेल चल्न थाल्छ । देशमा फेरि यस्तो अवस्था सिर्जना हुन सक्छ । राजनीतिक दलहरू कमजोर भए भने लोकतन्त्र कमजोर हुन्े खतरा आउन सकछ ।
जनता समाजवादी दलमा महन्थ ठाकुर र राजेन्द्र पक्षसँग विवाद बनेपछि दुई धारमा विभाजित बनेको छ । अलग भएपछि उपेन्द्र यादव र बाबुराम भट्टराई समूहको जनता समाजवादी पार्टी ९जसपा० र महन्थ ठाकुर र राजेन्द्र पक्षको लोकतान्त्रिक समाजवादी ९लोसपा० बनेका छन् । एमाले सरकारमा हुँदा सरकारलाई सहयोग गर्ने र नगर्ने विषयमा विवाद भई दुवै पक्ष अलग्गिएका हुन् । त्यसमध्ये उपेन्द्र–बाबुरामको पार्टी जसपा अहिले कांग्रेस माओवादीको सरकारमा मिसिएको छ । यस्तै, नेकपा एमालेबाट अलग भएपछि माधवकुमार नेपालको पार्टी नेकपा समाजवादी पनि अहिले सरकारमा छ । यी दुवै पार्टीले अहिलेकम्म महाधिवेशन गर्ने निर्णय लिएका छैनन् । तर, सरकारमा आएपछि पार्टीगत स्वार्थभन्दा बाहिर रहेर जनताको हित र जनताको पक्षमा काम गर्न सक्नुपर्छ । उनीहरूले आगामी चुनावमा आगामी चुनावमा भोट ल्याउन यो एउटा अवसर पनि हो ।
नेपाली राजनीतिमा कतिखेर के हुन्छ भन्न सकिँदैन । आजका विरोध पार्र्टीहरू मित्र बन्न पनि सक्छन् । यो कुरा विगतबाट सिक्न सकिन्छ । विगतका घटनाले सबै प्रष्ट पारेको छ । एमालेलाई नेपालको राष्ट्रिय राजनीतिबाट अलग्याउन पाँच दलले गठबन्धन गरेका छन् । यो
अहिलेसम्म भएका राजनीतिक परिवर्तनबाट प्राप्त उपलव्धिलाई संस्थागत र सुरक्षित राख्न दलहरू गम्भिर बन्न जरुरी छ । देशलाई पुनः द्वन्द्वमा जान दिनु हुँदैन । यसमा दलहरूले विवेक पु¥याउन जरुरी छ । देश पुनः द्वन्द्वमा गयो भने आमजनताले निकै दुःख पाउने अवस्था आउन सक्छ । त्यसैले समयमै राजनीतिक दलहरू गम्भीर भएर लाग्नुपर्छ । राजनीतिले बाटो बिराए जनताले दुःख पाउँछन् । पटकपटक नेपाली राजनीतिले बाटो बिराएको छ । अहिले अल्मलिने र रुमलिने बेला होइन । जनताका आवश्यकता पूरा गर्ने बेला हो यो । राजनीतिले बाटो बिराउँदा नेपालको राजनीतिमा अस्थिरता आउँछ । मुलुकलाई स्थिरता र विकास चाहिएको छ । यदि मुलुकमा राजनीतिक अस्थिरता भयो भने मुलुक राजनीतिक संकटमा फस्ने, आर्थिक रूपले टाट पल्टिने र विदेशी हस्तक्षेप निम्तिन जानेजस्ता समस्या निम्तिन सक्छन् । त्यसोे हुँदा राजनीतिक दलहरू सचेत र गम्भीर बन्न आवश्यक छ ।
आगामी चुनावसम्म के हुन्छ त्यो भने हेर्न बाँकी छ । वामशक्तिहरू आउँदो निर्वाचनमा एकै ठाउँमा जुटेर, गठबन्धन बनाएर वा सिट तालमेल गरेर जान सक्ने सम्भावना पनि छ । पार्टीहरुमा आन्तरिकरुपमा चर्किरहेको विवादको तालमेल मिलाउन महाधिवेशनले ठूलो भूमिका आशा सबैमा छ, तर जति भाँडो उति चुबुर्को भनेजस्तै जति धेरै पार्टी भयो उति नै राजनीतिको तालमेल बिग्रिरहेको छ । भूकम्प, नाकाबन्दी, कोरोना महामारी, लकडाउन बाढी पहिरो आदि समस्याबाट सर्वसाधारण जनताहरू त्रासैत्रासमा बाँचिरहेको अहिलेको अवस्थामा सबै राजनीतिक दलहरू एकजुट भएर अघि बढ्नुपर्ने देखिन्छ । व्यक्तिगत स्वार्थको लडाइँ लड्नुभन्दा राष्ट्रनिर्माणको मूल एजेन्डामा सबै एकजुट भएर लागौँ हामी पनि साथ दिनेछौँ ।





















प्रतिक्रिया