Logo

अन्तर्वार्ता

पर्यटन विकासमा जोड दिएका छौं : छुपीमाया गुरुङ [अन्तर्वार्ता]

अध्यक्ष दूधपोखरी गाउँपालिका लम्जुङ



स्थानीय सरकारको कार्यकाल सकिँदै छ । नेपालमा ७ सय ५३ वटा पालिका छन् । कतिपय पालिकाहरूले विकासमा रामै्र फट्को मारेका छन् । जनतालाई सिंहदरबार गाउँमै आएको आभास दिलाएका छन् । तर केहि पालिकाहरू भने भौगोलीक विकटताका कारण र जनप्रतिनिधिहरूले पारदर्शी हिसावले काम नगरेका कारण जहाँको तहिँ छन् । पछिल्लो एक महिनादेखि अनलाइनपानाले पालिका सरकारको काम कारवाहीलाई मध्यनजर गरेर यो कार्यकालको परिाणाम हेर्ने हिसावले पालिका बहस कार्यक्रम मार्फत विभिन्न पालिकाका जनप्रतिनिधिहरूसँग अन्तरक्रिया गरिरहेको छ ।

यसै सन्दर्भमा गण्डकी प्रदेशको लम्जुङ जिल्लाको पूर्विभेगमा अवस्थित दूधपोखरी गाउँपालीकाको अध्यक्ष छुपीमाया गुरुङसँग गाउँपालिकामा यो कार्यकालमा भएका कामहरूको विषयमा अनलाइनपानाकर्मी रामनाथ कुँवरले गरेको कुराकानीको संम्पादित अंश :

कोरोना महामारी नियन्त्रण कसरी गरिरहनु भएको छ ?

हाम्रो गाउँपालिकामा खासै धेरै भिडभाड पनि हुँदैन् । यो महामारीमा पनि खासै हाम्रोमा त्यस्तो प्रभाव परेन । हामीले सामाजिक दुरी कायम गर्ने स्वास्थ्यकर्मीहरु परिचालन गर्ने स्वास्थ्य सामग्रीहरु वितरण गर्ने जस्ता कामहरू गरियो । तर हाम्रोमा कोरोनाको कारण मानविय क्षती भएको छैन् । यहाँ ४÷५ जना जम्मा भएर वनपात जाने र मेलामा जाने ठाउँ हो । त्यसो हुनाले पनि कोरोना महामारी फैलिन पाएन । कोरोना नफैलोस भनेर हामी सधैँ सतर्क भने छौं । पालिकाको ६ वटै वडामा स्वास्थ्य चौकी छ ।

पालिका सरकारको कार्यकाल सकिँदै छ । यो कार्यकालबाट कति सन्तुष्ट हुनुहुन्छ ?

यो कार्यकालबाट म सन्तुष्ट नै छु । हामी जनप्रतिनिधिहरु पालिकामा काम गर्नको लागि निर्वाचित भएर आएको हो । आफूले सोचेको जति काम आर्थिक कमिले गर्दा सबै काम गर्न भने सकिएको छैन् । तर पनि पालिकामा गर्न पर्ने कामहरुको थालनि भएको छ । अब निर्वाचित भएर आउने जनप्रतिनिधिहरुले त्यसलाई निरन्तरता दिनुहुन्छ भन्ने आसा लिएको छु । हाम्रो कामबाट पालिका बासीहरू पनि खुसि हुनुहुन्छ ।

दूधपोखरी गाउँपालिकामा विकास निर्माणका कामहरु कसरी अगाडी बढेको छ ?

हाम्रो गाउँपालिका लम्जुङको प्ूुर्वि भेगमा पर्छ । यो जिल्ला कै सबै भन्दा पिछडिएको र विकट पालिका हो । हामी निर्वाचित भएर आउँदै गर्दा यहाँ विकासको अवस्था लथालिंग थियो । हामीले सबै वडाहरुलाई छुने गरी ग्रामिण सडको ट्रयाक खुलाएका छौं । त्यसको मर्मत सुधारको कामहरू गरिरहेका छौं । हाम्रो पलिकाको भवन थिएन । पालिका भवनको निर्माण कार्य लगभग अन्तिम चरणमा पुगेको छ । हामी अहिले वडा नम्बर ६ को गौंडामा अस्थाई रूपमा काम गरिरहेका छौं । हामीले प्रत्येक वडाहरूमा वडा कार्यलय भवन बनाएका छौं । सबै वडामा स्वास्थ्य चौकी भवनहरू बनाएका छौं ।

त्यसैगरी हाम्रो पालिकामा नै पर्ने पर्यटकीय तथा धार्मिक स्थल दूधपोखरी ताल छ । त्यहाँ जान यहाँबाट पनि हिडेर जान ३ दिन लाग्छ । पर्यटनको समभावना धेरै भएको ठाउँ भएकोले हामीले त्यहाँ जाने बाटोमा ६ ठाउँमा टस निर्माण गरेर बास बस्नलाई सहज बनाएका छौं । हाम्रो पालिकामा ताल र पोखरीहरू धेरै छन् । भिमार्चोक ताल, देउराली ताल, इलिम पोखरी लगायतका तालहरूलाई पनि हामीले संरक्षण गरेका छौं । पर्यटन विकासलाई नै लक्षित गरी गौंडामा, भूम्लिचोकमा र घमारचोकमा गरि ३ वटा होमस्टेहरू बनाएर सञ्चालनमा ल्याएका छौं ।

पालिकामा शिक्षाको क्षेत्रमा पनि सुरूमा भद्रगोल नै थियो हामीले अहिले व्यवस्थित गरेका छौं । खानेपानीको क्षेत्रमा एक घर एक धाराको योजना हाम्रो पालिकामा ५० प्रतिशत पुरा भएको छ । त्यस्तै कृषि सडकहरूको पनि ट्रयाक खुलाएका छौं । हामी निर्वाचित भएर आउँदा कुनै पनि वडामा सडकले छोएको थिएन । अहिले हामीले सबैमा सडक पुर्‍यार््एका छौं ।

स्थानीय चुनावमा महिलाहरूलाई पार्टिले नै टिकट कमै मात्रामा दिएको थियो । एकदमै कम मात्रामा पालिकामा महिला प्रमुख छन् । यहाँले पालिकाको अध्यक्ष भएर काम गर्दा अरू जनप्रतिनिधि र जनताबाट साथ र सहयोग कति पाउनुभयो ?

मलाई अरू जनप्रतिनिधि र जनताबाट पनि कार्यकाल भरिनै राम्रो सहयोग मिल्यो । यो कार्यकालमा कुनै पनि असव्य क्रियाकलापहरू कसैबाट पनि भएन । सबैको साथले नै विकासका कामहरू गरियो ।

यो कार्यकालमा कस्ता चुनौतीहरूको समाना गर्न पर्‍यो ?

संघीय प्रणाली जनताले राम्रो बुझेका छैनन् । जनताले बुझ्न अझै धेरै समय लाग्छ जस्तो मलाई लागेको छ । वनको नियम र संघीयताको नियम फरक भएकोले हामीलाई केहि समस्या आयो । सडक बनाउँदा, खानेपानी र सिंचाईको कार्यक्रमहरू गर्दा धेरै वन उपभोक्ता समितिहरूले यसो गरे बापत यस्तो दिनुपर्छ भनेर केहि अप्ठेरो भयो । त्यस्ता कुराहरूको हामीले समाधान गरिसकेका छौं ।

केन्द्र र प्रदेश सरकारबाट के—कस्ता साथ—सहयोगहरू पाउनुभयो ?

संघिय सरकारबाट नियम अनुसारको सहयोग मिलिरहेको छ । तर प्रदेशले भने अघिल्लो ३ वर्षमा हामीलाई कुनै सहयोग गरेन । राजनीतिक पुर्वाग्रहले गर्दा हामीलाई प्रदेशले कुनै जिम्मेवारी दिएन् । पछिल्लो पदेश सरकार आएपछि भने केहि सहयोगहरू आउन थालेको छ ।

संघियता कार्यन्वयन भएपछि गाउँगाउँमा भ्रष्टचार भयो भन्ने छ । यसमा के भन्नुहुन्छ ?

७ सय ५३ वटा स्थानिय तहहरू सबै एकै हुँदैन् । तर हाम्रो पालिकामा कुनै पनि भ्रष्टचार भएको छैन् । किनकी हामीले ठेक्कामा जाने कार्यक्रमहरू टेन्डर खुलाएर ठेक्कामा छोडेका छौं । उपभोक्ता समितिमार्फत गर्दा काम अनुसारको भुक्तानी दिएका छौं । त्यसैले भ्रष्टचार कहिँ पनि गरेको छैन् । कुनै पनि जनप्रतिनिधिले कामको शिर्षक बिना नै पैसा गोजीमा राख्न पाउँदैन् । काम गर्नको लागि निर्वाचित भएर आएको जनप्रतिनिधिले नेपाल सरकारको नियममा बसेर काम गर्दा एक रूपैयाँ पनि भ्रष्टचार गर्न पाउँदैन् । नियम प्रक्रिया छ । त्यसमा पनि संघ र प्रदेशसँग कहिँ पनि नबाँझिने गरि कार्यविधि गरेर काम गर्नुपर्छ ।

म एउटा महिला जनप्रतिनिधि भएकोले पनि होला । महिलाले त्यति अनियमितता गर्दैन् । सबै काम पारादर्शी रूपमा गरेका छौं । बषैविच्छे सार्वजनिक सुनुवाई गरेका छौं । सबै योजनाहरूको अनुगमन निरन्तर गरेका छौं । कामको आधारमा भुक्तानी दिएका छौं । त्यसैले गर्दा भ्रष्टचार गर्ने ठाउँ नै छैन् । हामीले भूगोल अनुसारको विकास गरेका छौं । यो कार्यकालको हाम्रो कामबाट दुधपोखरीको नागरीक एकदम सन्तुष्ट छ ।

यो कार्यकालमा गर्न नभ्याउनुभएको कामहरू के—के हो ?

हामीले भौतिक निर्माणका कामहरू गर्दैमा सबै विकास भयो भन्ने हुँदैन् । हाम्रो पालिका पर्यटनको सम्भावना भएको ठाउँ हो । यसमा धेरै कामहरू गर्न बाँकी छ । यी ग्रामिण सडकहरूलाई पक्कि बनाउन बाँकी छ । खानेपानीको कामहरू पनि अधुरो नै छ । विद्युतको क्षेत्रमा हेर्दा ६ वटा वडा मध्ये ३ वटा वडामा मात्रै बत्ति बोलेको छ । ३ वटा वडामा विद्युत पर्‍र्याउन पर्ने छ । टोल—टोलमा आमा सम्ूुह र सामुदायिक भवनहरू बनाएका छौं । त्यसको फिनिसिङ गर्न बाँकी र भित्रि संरचनाहरू बनाउन बाँकी छ । अरू पालिकाको तुलनामा हामी धेरै पछाडि छौं । हाम्रोमा स्रोत—साधनको पनि कमि छ । त्येसैले धेरै कामहरू बाँकी छ ।

स्थानीय तहको निर्वाचन नजिक आएको छ । अब आउने जनप्रतिनिधिहरूलाई के भन्नुहुन्छ ? कसरी विकास गर्न सुझाव दिनुहुन्छ ?

हामीले धेरै विकास गर्न नसके पनि विकासको क्रम भने सुरूवात गरेका छौं । सबै अधुरो कामहरूलाई पूरा गर्न आग्रह गर्दछु । विषेशगरि विकास गर्दा मुख्य रूपमा बाटो र विद्युत चाहिँदो रहेछ । सबै भन्दा पहिले त्यो काम गर्न सल्लाह दिन्छु । यहाँको जनताको अपेक्षा अनुसार काम होस भन्ने आसा राख्छु ।

प्रकाशित मिति : १० पुष २०७८, शनिबार १५:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।