Logo

कर्पोरेट फोकस

लुम्बिनी विकास बैंकले सिइओलाई दियो तलब भत्ता बापत साढे ८३ लाख ५६ हजार रुपैयाँ



लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृतलाई ८३ लाख ५६ हजार रुपैयाँ तलबभत्ता लगायतका सुविधा बैंकले भुक्तानी गरेको छ ।

अहिले बैंकको प्रमुख कार्यकारी अधिकृतमा नरेशसिंह बोहोरा छन् । बैंकले प्रमुख कार्यकारीलाई तलब बापत एक बर्षमा ५४ लाख, नाफाबाट वितरण हुने कर्मचारी बोनस बापत १७ लाख १४ हजार, सञ्चय कोष बापत ४ लाख ३२ हजार, दसैं भत्ता ४ लाख ५० हजार र अन्य भत्ता ३ लाख ६० हजार रुपैयाँ दिएको छ ।

बैंकले पुस ९ गते बार्षिक साधारणसभा गरिसकेको छ। सभामा प्रस्तुत वार्षिक प्रतिवेदन अनुसार, बैंकले बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पवन ढकाललाई ६९ लाख र नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मीलाई ५७ लाख ७८ हजार रुपैयाँ तलब सुविधा दिएको छ ।

सभाले १३ प्रतिशत बोनस सेयर र करि प्रयोजनका लागि ०.६८ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरिसकेको छ ।

बैंकको कुल ब्यवस्थापन खर्च ६२ करोड २२ लाख रुपैयाँ छ। यसमध्ये कर्मचारी खर्च ३५ करोड ८७ लाख र सञ्चालन खर्च २६ करोड ३४ लाख रुपैयाँ छ ।

प्रकाशित मिति : १९ पुष २०७८, सोमबार १०:४३   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।