Logo

समाचार

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा वैद्य नियुक्त



नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकमा प्रतिभा वैद्य नियुक्त भएकी छन् । कम्पनीमा नायव प्रबन्ध निर्देशक रहेकी वैद्य सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवस्तरीय निर्णयबाट निमित्त प्रबन्ध निर्देश नियुक्त भएकी हुन्।

मन्त्रालयले प्रबन्ध निर्देशक पदका लागि दरखास्त आह्वान गरे पनि उक्त प्रक्रिया पूरा भइनसकेको परिस्थितिमा वैद्यलाई निमित्त प्रबन्ध निर्देशकका रुपमा कामकाज गर्न तोकिएको जानकारी दिएको छ।

उनले कम्पनीको नायव प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन्। आजैबाट उनले निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेकी छन्।

नेपाल सरकारको योजना तथा कार्यक्रमलाई सहयोग हुने कार्यक्रम, कम्पनीको सञ्चालक समितिको निर्णय र मार्ग निर्देशनहरु तथा नियामक निकायलगायत अन्य सरोकारवालाको तर्फबाट प्राप्त हुने सल्लाह, सुझाव, गुनासाहरु छिटोछरितो तथा उचित रुपले सम्बोधन गर्ने उनले प्रतिबद्धता जनाइन्।

प्रकाशित मिति : २० पुष २०७८, मंगलवार ०६:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।