Logo

कर्पोरेट फोकस

सनराइज बैंकले ल्यायो रेमिट मुद्दती खाता, ११.०५ प्रतिशत व्याज पाइने



सनराइज बैंकले सनराइज रेमिट मुद्दती खाता ल्याएको छ । बैंकले विदेशमा रहेर रोजगारी गरिरहेका नेपालीलाई लक्षित गरी उक्त मुद्दती खाता संचालनमा ल्याएको हो ।

उक्त खातामा उच्च ब्याजका साथै विदेशबाट नेपाल पैंसा पठाउने प्रक्रिया पनि सुलभ र सजिलो बनाएको छ । विदेशबाट श्रम गरि नेपालमा पैसा पठाई उक्त मुद्दती खाता खोल्न सकिने छ । यो खाता खोल्दा ग्राहकले ११.०५ प्रतिशत वार्षिक ब्याजदर पाउने छन् ।

बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १५७ वटा एटीएम र ८३ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २२ पुष २०७८, बिहीबार ०९:३७   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।