Logo

समाचार

नेपालमा थप २४ जनामा ओमिक्रोन भेरियन्ट संक्रमण पुष्टि



आज नेपालमा थप २४ जनामा काेराेनाकाे नयाँ ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएको सबै २४ वटा नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएकाे छ ।पुस महिनामा संकलित कोरोना भाइरसका १ हजार १ सय ४६ पोजेटिभ नमुनाको स्क्रिनिङ गर्दा २ सय ५० वटामा एस जिन नेगेटिभ आएको थियो ।

मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राका अनुसार एस जिन नेगेटिभ गरिएकामध्ये २४ वटामा जिन सिक्वेन्सिङ गरिएको र ती सबैमा ओमिक्रोनको संक्रमण पुष्टि बताईन्।

ओमिक्रोन भेरियन्टका कारण बढ्न सक्ने l बिरामीकाे चापलाई मध्यनजर गर्दै सबै अस्पताललाई तयारी अवस्थामा रहन र आवश्यक पर्ने अक्सिजन लगायत अन्य सामाग्री जाेहाे गर्न निर्देशन दिएको मिश्राले बताइन् ।

मन्त्रालयको विज्ञप्ति

प्रकाशित मिति : २३ पुष २०७८, शुक्रबार १३:५८   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।