नमस्तेपेर कामना सेवा ववकास बैंक लिमिटेडबीच डिजिटल वालेट सुविधा आदान प्रदान गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । साझेदारी पत्रमा नमस्तेपेका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद भण्डारी र कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रववण बस्नेतले संयुक्त रुपमा हस्ताक्ष गरेका छन्।
यस मार्फत ग्राहकले मोबाइल बैंकिङको माध्यमबाट आफ्नो नमस्ते पे खातामा रकम लोड गरी क्रेडिट बिल भुक्तानी, बीमा प्रिमियम भुक्तानी, बिजुलीको बिल भुक्तानी, खानेपानीको महशुल भुक्तानी, मोबाइल टपअप र अन्य विभिन्न भुक्तानी गर्ने सुविधा प्राप्त गर्न सक्नेछन् ।
नमस्ते ये नेपालको एक विश्वसनीय डिजिटल वालेट हो, जुन दुबै अनलाइन र अफलाइन मोडमा काम गर्छ। नमस्ते पे App अनलाइन द्वारा Play
Store बाट स्मार्ट फोनमा दर्ता गर्न सकिन्छ भने *५००# (USSD कोड) मार्फत स्मार्ट फोन र फीचर फोन दुवैमा दर्ता र प्रयोग गर्न सकिन्छ।
नमस्ते पे प्रयोगकर्ताको मोबाइल नम्बर मार्फत पहिचान हुन्छ, त्यसैले यो लामो र याद गर्न गाहो बैंक खाताहरु को तुलनामा सजिलो छ । सरकारको नगद रहित समाजको निर्माणको परिकल्पनालाई अझ साकार बनाउन बैंक खाता भएका डिजिटल शिक्षित मानिसहरूलाई मात्र नभई बैंक खाता नभएका तथा प्रविधि सम्बन्धी धेरै ज्ञान नभएका प्रयोगकर्तालाई पनि यस प्रणालीमा ल्याएर वास्तविक वित्तीय समावेशीकरण प्राप्त गर्ने उदेश्यले नमस्ते पे को सुरुवात भएको हो।





















प्रतिक्रिया