Logo

प्रमुख समाचार

अतिरिक्त शुल्कविरुद्ध नोबेल परिसरमा विद्यार्थीद्धारा प्रदर्शन



विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा अतिरिक्त शुल्कविरुद्ध आन्दोलनरत विद्यार्थीहरूले टायर बालेर प्रर्दशन गरेका छन् ।

अतिरिक्त शुल्क नबुझाएका एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएको विरोधमा विद्यार्थीहरुले आन्दोलन गर्दै । टायर बालेर प्रदर्शन गर्दै रिले अनसन बसेका हुन् ।

मेडिकल कलेजका संचालक शुनिल शर्माले अतिरिक्त शुल्क नतिर्ने विद्यार्थीलाई भर्ना नगर्न र पठनपाठन नगर्न निर्देशन दिएपछि विद्यार्थी प्रदर्शनमा उत्रिएका हुन् । विद्यार्थीले नोबेल प्रशासनविरुद्ध नाराबाजी गर्दै धर्नामा बसेका छन् । उनीहरूले मेडिकल शिक्षामा देखिएको माफियाकरण अन्त्य गर्न सरकारसँग माग गरेका छन् । चिकित्सा शिक्षा आयोगले तोकेको एमबीबीएसतर्फको शुल्कभन्दा नोबेलले २० लाखसम्म असुल गर्न खोजेको विरोधमा दुई सातायता विद्यार्थीहरू आन्दोलनमा छन् ।

नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, नेकपा ९एकीकृत समाजवादी०का भ्रातृ संगठन अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन मोरङ र चिकित्सा शिक्षा विद्यार्थी आन्दोलन संघर्ष अभियानको सहयोगमा आन्दोलनरत विद्यार्थीले आइतबारदेखि कलेजमा रिले अनसन बस्दै आएका हुन् ।

गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय मोरङलाई मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको र अतिरिक्त शुल्कको बहानामा विद्यार्थीको पठनपाठन रोकिएको भए कानुनी कारबाही गर्न पत्राचार गरेको बताइएको छ ।

प्रकाशित मिति : पुष २७, २०७८ मंगलबार  ३ : ०३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।