Logo

कर्पोरेट फोकस

जानकी फाइनान्सको लाभांश घोषणा, नगदमा भन्दा बोनसमा जोड



जानकी फाइनान्स कम्पनीले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । फाइनान्सले आर्थिक वर्ष २०७७।७८ को नाफाबाट चुक्ता पुँजीको १५।०७९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

पुस २७ गते दिउँसो बसेको संस्थाको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०।७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्छ ।

हाल संस्थाको चुक्ता पुँजी ६० करोड ४ लाख रुपैयाँ छ । १५ प्रतिशत बोनस पारित पछि संस्थाको चुक्ता पुँजी ६९ करोड रुपैयाँ नाघ्ने छ ।

प्रकाशित मिति : २७ पुष २०७८, मंगलवार २०:०३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।