Logo

कर्पोरेट फोकस

नारायणी डेभलपमेन्ट बैंकको २० औं वार्षिक साधारण सभा सम्पन्न



नारायणी डेभलपमेन्ट बैंकको २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।बैकका अध्यक्ष राम प्रसाद रोपाखेतीको अध्यक्षतामा वार्षिकोत्सव भौतिक तथा भर्चुअलको माध्यमबाट पुस २९ गते सभा सम्पन्न भएको हो ।

संस्थालाई तोकिएको चुक्ता पुँजी यही आर्थिक वर्षभित्र पुरा गर्ने लक्ष्यका साथ सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७७र०७८ को लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै आ। व। २०७८र०७९ को लागी लेखा परिक्षक नियुक्ति र अन्य समसामयिक विषयमा प्रस्ताव पारित गरेको छ ।

यस्तै सभाले आवश्यकता अनुसार उपयुक्त बैंक तथा वित्तिय संस्थासँग मर्जर तथा प्राप्तिको लागी आवश्यक कार्य गर्न संचालक समितिलाई अख्तियारी समेत दिने निर्णय गरेको छ ।

प्रकाशित मिति : १ माघ २०७८, शनिबार १८:०४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।