Logo

अर्थ

महिला उद्यमशीलता विकासका लागि नबिल बैंक, सीएनआई र महिला शक्ति विकाश केन्द्रबीच सम्झौता



नबिल बैंक, सीएनआई– वुमन लिडरसीप फोरम र महिला शक्ति विकास केन्द्र नेपालकाबीच त्रिपक्षीय सम्झौता भएको छ । महिलामा उद्यमशीलता प्रवर्द्धन, वित्तीय साक्षरता र वित्तीय पहुँच पुर्याउने उदेश्यले उक्त त्रिपक्षीय सम्झाैता भएकाे हाे ।

नेपाल उद्योग परिसंघ (सीएनआई) को प्रधान कार्यालय थापाथलीमा गरिएको उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट प्रमुख कार्येकारी अधिकृत अनिल केशरी शाह, वुमन लिडरसीप फोरमको तर्फबाट संयोजक छाँया शर्मा र महिला शक्ति विकाश केन्द्र नेपालको तर्फबाट कार्यकारी निर्देशक कविता गुरुङले हस्ताक्षर गरेका छन् ।

सम्झाैतापछि बोल्दै नबिल बैंकका प्रमुख कार्येकारी अधिकृत शाहले महिलाको वास्तविक शक्ति भनेको आर्थिक सशक्तिकरण हो र महिलाहरुको आर्थिक विकाशको लागि यो सम्झौता माध्यम बन्ने आशा व्यक्त गरे ।

हस्ताकक्षर कार्यक्रममा भर्चुअल्ली उपस्थित भएकी नेपाल उद्योग परिसंघ (सीएनआई) का उपाध्यक्ष निर्वाण चौधरीले वुमन लिडरसीप फोरमलाई बैंक र महिला शक्ति विकाश केन्द्र नेपालको बीच पुलको काम गरेकोमा धन्यबाद ज्ञापन गर्दै उक्त सम्झौताले महिलाको आर्थिक विकाश संगसंगै देशको दिगो विकाशमा ठुलो टेवा पुर्याउने बताइन् ।

वुमन लिडरसीप फोरम अर्थतन्त्रमा महिलाको भूमिका अभिवृद्धि गर्ने उद्देश्यले नेपाल उद्योग परिसंघ (सीएनआई) ले गरेको एउटा पहल हो । स्थापना देखि ‘महिला नेतृत्व विकास’ को मूल नारा बोकेको महिला शक्ति विकाश केन्द्र नेपाल एउटा गैरसरकारी संस्था हो जसले देशैभरी महिला सशक्तिकरण र महिला नेतृत्वको विकास सम्बन्धि कामहरु गर्दै आइरहेको छ ।

नेपाल सरकारले अवलम्बन गरेको संयूक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले २०७८ असार १५ गते धान दिवशको दिन दिगो बैंकिङ कार्यक्रमको सुरुवात गरेको हो।

बैंकले ग्रामिण क्षेत्रमा वित्तीय पहुँच न्युन भएका वर्गलाई कृषि क्षेत्रको व्यवसायिकरण र उद्यमशिलता विकासको लागि ल्याएका यी कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट संचालन गर्दै आएको छ ।

प्रकाशित मिति : माघ ८, २०७८ शनिबार  १० : २८ बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।