Logo

समाचार

आजकाे माैसम: तराईमा हुस्सु, राति उच्च पहाडी क्षेत्रमा हिमपातकाे आँकलन



काठमाडाैं । हाल देशमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । बिहान तराईमा हुसु र कुहिरो लागेको छ ।

दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।  

राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । उच्च पहाडी भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी  दिएकाे छ ।

साेमबार उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा  हल्का हिमपातको सम्भावना छ ।

प्रकाशित मिति : १६ माघ २०७८, आईतवार ०७:२७   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।