Logo

अर्थ

अर्थ मन्त्रालयका सहसचिव दंगाल सचिवमा बढुवा



काठमाडौं । अर्थ मन्त्रालयका सहसचिव रामेश्वर दंगाल सचिवमा बढुवा भएका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले दंगाललाई सचिवामा बढुवा गर्ने निर्णय गरेको हो ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षमा आइतबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेको सचिवमा बढुवाका लागि ३ जना सहसचिवको नाम सिफारिस गरेको थियो ।

समितिले सचिवमा बढुवाका लागि पहिलो नम्बरमा दंगाल, दोस्रो नम्बरमा मुकुन्दप्रसाद निरौला र तेस्रो नम्बरमा विनोदप्रकाश सिंहको नाम सिफारिस गरेको थियो । 

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार २०:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।