नेपाल इको प्यानलको ब्राण्ड एम्बेसडरमा स्वतन्त्र हिमाल मार्गनिर्देशक (फ्रिलायन्स माउण्टेन गाइड) पासाङकाजी शेर्पा (पिके शेर्पा) नियुक्त भएका छन् ।
नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले हिमाल आरोही पिके शेर्पालाई सोमबार ब्राण्ड एम्बेसडर नियुक्ति गरेका हुन् ।
नेपालमै बनेको नेपाल इको प्यानल वातावरणमैत्री भएकोले यसको प्रयोगबाट वातावरण जोगाउन मद्धत मिल्ने सन्देश दिन हिमाल आरोही पिके शेर्पालाई ब्राण्ड एम्वेसडरमा नियुक्त गरेको सीईओ ईन्जिनियर दुवालले बताए । साथै नेपाल इको प्यानल हिमाल, पहाड अनि तराई सवैतिर उतिकै उपयोगी भन्ने सन्देश दिन पनि हिमाल आरोही शेर्पालाई ब्राण्ड एम्बेसडरमा नियुक्त गरेको दुवालले बताए ।
पिके शेर्पाले ६ पटक सगरमाथा लगायत केटु हिमालको सफल आरोहण गरिसकेका छन् । उनी हिमाल आरोहण गर्नेहरुका लागि स्वतन्त्र गाइडको भूमिकामा छन् ।
नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने नयाँं निर्माण सामाग्री हो । वातावरणमैत्री यो निर्माण सामाग्री हलुका, भूकम्पप्रतिरोधी, अग्नीप्रतिरोधकलगायतका विशेषताका कारण पछिल्लो पटक देशैभरि लोकप्रिय छ ।





















प्रतिक्रिया