सरकार जनतामुखी नदेखिनु कुनै नौलो होइन । कोरोना भाइरसले उद्दण्ड मच्चाउँदै आफ्नो संख्या तीब्र रुपमा बढाउने क्रम जारी छ ।
अस्पतालमा विरामीको स्थिति दर्दनाक देखिँदा स्वास्थ्यकर्मीको पनि मन विचलित देखिएको छ । ‘तर सरकार कहाँ छ खोइ’ भनेर भिजिटरको प्रश्न म माथि पनि तेर्सिन्थ्यो ।
अहिले कोरोना भाइरसले देश आक्रान्त भएको बेलामा त सरकार सत्ता जोगाउने तिकडममा लागेको छ । शक्तिको तानातान छ । सरकार बनाउने र गिराउने खेलमा नेताहरु लागेका छन् ।
अर्कातिर अक्सिजन नपाएर मर्न बाध्य जनताको मर्म नबुझ्ने सरकार हुनु भन्दा तँ नहुनै वेश झै लाग्छ । यस्तो जोखिम परिस्थितिमा सरकार सत्ता जोगाउने खेलमा छ । यो खेलमा जुनसुकै स्तरका मानिसलाई मन्त्री बनाउने अभ्यास देखिन्छ ।
यस्तो परिस्थितिमा पनि जनता भन्दा सत्ताको मोह । वाह !मेरो देशको सरकार, यस्तो दुखद घडीमा पनि सरकार यता उता दौडिदै हिँड्ने ,जनता चाहि आफ्ना बिरामी भर्ना लिइदेउ न भनेर अस्पताललाई बिन्ती गर्नुपर्ने ।
अनि जनताले सरकार कहाँ छ भनेर चित्त बुझाउने ?
सरकारी अस्पतालले कोभिडका विरामी धान्न सकेन । निजी अस्पताललाई सरकारले अनुमति दिदैन ।
अघिल्लो वर्ष देखिएको कोरोनामा पनि चिकित्सक र स्वास्थ्यकर्मीहरुलाइ कोभिड भत्ता दिन्छु भनेर सरकारले लोभ देखायो । सेवा गर्नै भन्दैमा सरकारले समस्या निम्त्याउँदै जाने पीपीई मा बिहानदेखि बेलुका सम्म एक घुड्की पानी पनि नखाइ स्वास्थ्यकर्र्मी नै खटिनु पर्ने यस्तो हुँदा पनि सरकार के हेर्दै छ खोइ ?
अहिलेसम्म तँ जनता मात्र आइसोलेसन ,आईसीयू , भेन्टिलेटर, अक्सिजन भन्दै हिँडेका छन । भोलि नेता पनि यही पात्र पर्छन भन्ने सोचाइ अझै आएन ।
केही दिन तँ अनुदानमा आएको मास्क र स्यानिटाइजर दलेर बचौंला तर दरबारमा जन्मिदैमा सबै राजा हुँदैनन भने झैँ कोरोना भाइरसले नि नेता र जनता भनेर के छुट्याउला र ?
बिरामी अक्सिजन नपाएर एम्बुलेन्स मै जीवनको अन्तिम सास लिन बाध्य भै सकेको अवस्था छ ।
सडकमा सर्वसाधारणको घुइँचो देखिँदैन, तिनै सुरक्षाकर्मी ज्यान जोखिममा राखेर लकडाउन गराउन देखिन्छन ।
सुनसान सड्कमा अन्य गाडीभन्दा एम्बुलेन्सको घुइँचो देखिन्छ तर त्यो एम्बुलेन्स चालकलाई नै थाहा छैन म बिरामी कुन अस्पतालमा लगेर फर्किन्छु भनेर । कति बिरामी त्यही एबुलेन्स मै रात काट्छन तँ कतिले अन्तिम सास रातभर एम्बुलेन्सको आवाज सुनिन्छ ।
त्यो आवाजले कति को मनमा ढ्याङ्ग्रो ठोक्दो हो ।
कुनै पनि अस्पतालमा बेड छैन रे, अक्सिजन छैन रे त्यो सर्वसाधारणलाई मात्र लागू हुने रहेछ ।
रातभर दिनभर काठमाडौका अस्पताल धाउँदा नि न अक्सिजन पाउँछ, न त बेड नै । तर पत्रकारले कति छिट्टो लेखिदिन्छन हाम्रा नेताहरु चाहि ठुला ठूला महँगो अस्पतालमा छन भनेर ।
कोभिडले एकवर्ष अगाडि देखि नै छाप छोडदा पनि सरकारले नाका र हवाई यातायात खोल्न हतार गर्नाले आज फेरि अर्को ब्राजिल र युके भेरियन्ट भन्ने भाइरसले भुस सल्के झै सल्किदा जनता झिनो आशा लिएर काठमाडौका अस्पताल खोजेर भौंतारिन बाध्य छन ।
अर्कोतिर मैले कोभिडका बिरामीका भिजिटरहरुको पीडा एक एक गरी नियालेको छु । नेपालगञ्जबाट एम्बुलेन्समा काठमान्डौ ल्याइँदा ६० हजार, वीरगन्जबाट काठमाण्डौ ल्याउदा ३५ हजार ,वुटवलबाट काठमाण्डौ ल्याउँदा आधा लाखको हाराहारीमा तिर्नुपर्छ । यो मूल्य सगरमाथामा हिउँ थपिए झंै थपिँदै जान्छ । त्यति गर्दा पनि आफ्नो मान्छे ठीक पारेर लाने झिनो आशा लिएर कुरुवाहरु अस्पतालका कुर्सी ओगटेर बसिरहन बाध्य छन ।
के नेपालगन्ज, वीरगन्ज , वुटवलमा अस्पताल थिएनन ? के सबै अस्पताल काठमाण्डौमा मात्र थिए र ? बेला बेला चर्चा परिचर्चामा आउने मेडिकल कलेजहरुमा अक्सिजन साथै माग धान्ने बेड पनि रहेनछ त ?
काठमाडौ बाहिरका अस्पतालहरुले आफ्ना निकायका बिरामी हेरिदिएको भए आज काठमाडौमा रातभर एम्बुलेन्स को आवाज सुन्नुपर्ने थिएन होला ।
यस्तो जटिल परिस्थितिमा पनि सरकार आफ्नो नाटकमै रमाउन खोज्दैछ । भोलिका दिनमा ब्राजिल ,इटालीको जस्तो परिस्थिति भोग्नु परे के होला ?
घरि पीसीआरमा घोटाला, घरि मास्कमा घोटाला, घरि खोपमा घोटाला, अहिले कोरोनाको औषधिमा घोटाला, अहिले जनता कोरोना भाइरसको शिकार बनेर अस्पताल भौतारिँदा न तँ एम्बुलेन्स पाउछन् । न त सास फेर्न सजिलो बनाउने अक्सिजन । तिमीले चढेका ती चिल्ला गाडी कोरोनाका बिरामाी ओसार्न प्रयोजनमा ल्याउन के ले रोक्यो ?
यस्तै अवस्था रह्यो भने विरामी अस्पतालमा होइन टाईटेनिक फिल्म जस्तो घरमै टुलुटुलु हेरेर मृत्युलाइ कुर्नु पर्ने हुन सक्छ ।
अहिलेको परिस्थितिमा काठमाडौमा रहेका अस्पतालले मात्र धान्न सकेन । त्यसैले खुल्ला रहेका टुँडिखेल जस्ता मैदान पनि प्रयोगमा ल्याएर सामुहिक उपचार गरौं र अस्पतालमा विरामीको सेवामा खटिएका चिकित्सक स्वास्थकर्मीहरुलाइ हौसला हिम्मत साथै सेवामा अबरुद्ध नहुने गरी सरकारले उनीहरुलाइ सबै कुराको ब्यवस्था गर्न पनि जरुरी देखिन्छ । अबका दिनमा काठमाडौभन्दा बाहिर अस्पताल खोल्ने बारेमा पहल गरौं । किनकि विरामी काठमाडौ आएर अलपत्र नपरुन ।
अन्त्यमा, हामी सबै मानव हौ मानवीय धर्म निभाउँ । अक्सिजन लुकाउने , औषधी लुकाएर कालोधन्दा नगरी सबैजना सेवामा तत्पर रहौ ।
प्रतिक्रिया