काठमाण्डौ । फेब्रुअरी १४ मा मनाइने प्रेम दिवस (भ्यालेन्टाइन्स डे) को अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटा र अनलिमिटेड भ्वाइस अफर उपलब्ध गराएको छ । टेलिकमको यो अफर आज र भोलि (फेब्रुअरी १३ र १४ तारिख) सम्म उपलब्ध हुनेछ ।
अफरमा ४९ रुपैयाँमा एक एमबीपीएस अनलिमिटेड डाटा २४ घण्टा र कम्पनीको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस सेवा ‘Day Combo Offer’ उपलब्ध हुनेछ । *1415*11# डायल गरी वा ’नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ ।
यसैगरी नेपाल टेलिकमले भर्खरै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात् भोल्टी (VoLTE) सेवामा ’भ्यालेन्टाइन्स डे’ कै अवसरमा फागुन २ गते कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क प्रदान गरेको छ ।





















प्रतिक्रिया