मुलुकमा द्वन्दको जड नै नेपाली नागरिकहरु हुन् । नागरिक हरुले मुलुक भन्दा महत्त्व नेताहरूलाई दिए । हाम्रो मुलुकमा कोही अमेरिका विरोधी र कोही चीन विरोधी भए यसकारण मुलुक नराम्रो सँग दुर्घटना फस्ने संकेत देखिन्छ ।
अब मुलुकको राजनीतिमा मुख्यत अमेरिका लबि र चीन लबि बीचको लडाइँ र झगडा देखियो । नेपालका नेताहरू सन्तुलनमा बस्न सकेनन् । अमेरिका लबि र चीन लबि दुई भागमा जनताहरु विभाजित भए अब हाम्रो मुलुकको राजनीति अवस्था यही हो । मुलुकमा नेताहरूको कारण मुलुक युद्ध स्थलमा परिणत हुने अवस्था देखिन्छ ।
मुलुक भन्दा नेताहरु प्रति महत्त्व दिने नेताहरू भक्त जनताहरु भइ सकेपछि मुलुकमा द्वन्द, मुलुक रणभुमी र युद्ध मैदान नभए हुन्छ के ? मुलुकमा द्वन्दको जड नै नेपाली जनताहरु हुन् । हामी नेपालीहरुको अस्तित्व, औकात, हैसियत फुटबल र भकुण्डो बराबर हो । हामी नेपालीहरुलाई अमेरिकाले गोल हान्छ कि चीनले गोल हान्छ ठेगान छैन ।
नेताहरूमा द्वैध चरीत्र, दोग्लापन, बार्गेनिङ र मोलमोलाइ गर्ने प्रवृति देखियो । नेपालका नेताहरू अमेरिका, चीन र भारत लगायतका नेताहरूलाई झुक्याउन र धोका दिन सिपालु छन् । नेताहरूको बार्गेनिङ र मोलमोलाइका शर्तहरु । सबैले बुझ्न आवश्यक हिन्दीमा उखान छ चोर चोर मौसरे भाई हाम्रो मुलुकका नेताहरू जति सबै चोर चोर मौसरे भाईहरु हुन् । नेताहरू द्वैध चरीत्र र दोग्लाहरु हुन् ।
हाम्रो मुलुकका नेताहरू अन्तर्राष्ट्रिय मुलुक अमेरिका, चीन र भारत लगायतका राजनीतिज्ञ नेताहरूहरुलाई समेत धोका दिन र झुक्याउन पछि पर्दैनन् । कुन बेला र कुन समयमा कसलाई धोका दिने हो हाम्रो मुलुकका नेताहरूको ठेगान र भर हुँदैन् । मुलुकमा बार्गेनिङको नाममा राजालाई, प्रधानन्यायाधीश सुशीला कार्की, चोलेन्द्र शमशेर राणा लगायतलाई पनि समय समयमा धोका दिई राखेका छन् ।
नेताहरूको बार्गेनिङका शर्तहरु आफ्नो घरपरिवारका सदस्य, नातागोतालाई अन्तर्राष्ट्रिय मुलुकहरुमा राजदुत बनाउन बार्गेनिङ, सर्वोच्चमा मुद्दा दर्ता नगर्न बार्गेनिङ, सर्वोच्चमा मुद्दा दर्ता गर्न बार्गेनिङ, सर्वोच्चबाट मुद्दा फिर्ता लिन बार्गेनिङ, प्रधानन्यायाधीशलाई मुद्दा फैसला नगर्नका लागि बार्गेनिङ, अमेरिकालाई कालोसूची बाट नाम हटाउन बार्गेनिङ, कमिसनको लागि बार्गेनिङ, सरकार गिराउन बार्गेनिङ, सरकार बनाउन बार्गेनिङ, मन्त्रीहरु बनाउन बार्गेनिङ, नेप्सेको अध्यक्ष हटाउन बार्गेनिङ, नेप्सेको अध्यक्ष बनाउन बार्गेनिङ, गभर्नर बनाउन बार्गेनिङ, गभर्नर हटाउन बार्गेनिङ, अख्तियार प्रमुख हटाउन बार्गेनिङ, अख्तियार प्रमुख बनाउन बार्गेनिङ, आफ्नो स्वार्थ अनुकुलको काम गराउन बार्गेनिङ, महाअभियोग लगाउन बार्गेनिङ, महाअभियोग नलगाउन बार्गेनिङ र निर्वाचनमा जित हासिल गर्न बार्गेनिङ आदि आदि लगायतका थुप्रै विषय वस्तुहरुमा बार्गेनिङहरु छन् ।





















प्रतिक्रिया