Logo

कर्पोरेट फोकस

मुक्तिनाथ विकास बैंकद्वारा पार्क बनाउन आर्थिक सहयोग



मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत पार्क निर्माण गर्न मनोरम नगर समाजलाई सहयोग गरेको छ ।

बैंकले मध्यपुर ठिमी न।पा। वडा नं।१, लोकन्थली स्थित मनोरम बालबालिका बाटिकामा पार्क निर्माण गर्न आर्थिक सहयोग गरेको हो । बैंकले सोमबार मनोरम नगर समाजलाई एक कार्यक्रमबीच सहयोगका लागि चेक हस्तानतरण गरेको छ ।

उक्त कार्यक्रममा बैंकका तर्फबाट मार्केटिंङ प्रमुख वसन्त बक्शी, काठमाडौं उप—क्षेत्रीय प्रमख ज्योति प्रकाश अर्याल, लोकन्थली शाखाका प्रबन्धक सुरज गौतम र अन्य कर्मचारीहरुको उपस्थिति तथा मनोरम नगर समाजको तर्फबाट अध्यक्ष विश्व वन्धु गौतम तथा अन्य आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।

डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएमबाट निस् शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७८, मंगलवार ११:१९   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।