Logo

कर्पोरेट फोकस

सिद्धार्थ बैंकले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई दियो १५ लाख



सिद्धार्थ बैंकले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई १५ लाख सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई आर्थिक सहयोग प्रदान गरेको हो ।

सो रकम बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्र मणि अधिकारीलाई हस्तान्तरण गरेका छन् ।

बैंकबाट प्राप्त उक्त रकम शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले सर्जिकल वार्ड विस्तार गरी बेडहरु थप गर्नको लागि उपयोग गर्ने जनाएको छ । यस्तै बैंकले उक्त सहयोगबाट अस्पतालका मुटुरोगी बिरामीहरुलाई केही हदसम्म भए पनि सहयोग पुग्ने विश्वास लिएको जनाएको छ ।

बैंकले शिक्षा, स्वास्थ्य, वातावरण, पर्यटन, सांस्कृतिक सम्पदा, पुर्वधार र सुरक्षा जस्ता क्षेत्र अन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धि कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिदै जाने उद्देश्य रहेको सीइओ कडेलले बताए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार १०:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।