Logo

कर्पोरेट फोकस

माछापुच्छ्रे बैंकद्वारा उदयपुरको देउरी स्वास्थ्यचौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण



माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उदयपुर जिल्लाको त्रियुगा नगरपालिकास्थित देउरी स्वास्थ्यचौकीमा आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

उदयपुर सिमेन्ट लिमिटेडको समन्वयमा शनिबार त्रियुगा नगरपालिकास्थित देउरी स्वास्थ्यचौकीमा आयोजित विशेष कार्यक्रममा त्रियुगाका मेयर बलदेव चौधरी एवं उदयपुर सिमेन्टका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेको उपस्थितिमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालो ती सामग्री हस्तान्तरण गरेका हुन् । बैंकले स्थानीय आम नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्देश्यले देउरी स्वास्थ्यचौकीलाई ल्याब इक्विपमेन्ट हस्तान्तरण गरेको हो ।

माछापुच्छ्रे बैंकले विशुद्ध बैंकिङ सेवाका साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि पनि विभिन्न संघसंस्थालाई सहयोग गर्दै आएको थियो। त्यस्तै बैंकले विभिन्न समयमा देशमा आइपर्ने प्राकृतिक विपत्तिहरुमा पनि सरकारलाई सहयोग गर्दै आएको छ ।

बैंकले देशका हरेक वर्ग र समुदायमा सेवा पुर्याउने उद्देश्यले १६४ शाखा, ८ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ सेवा, २०१ एटीएममार्फत १० लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आईतवार ११:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।