Logo

कर्पोरेट फोकस

कामना सेवा विकास बैंकद्वारा नेपालपे क्यूआरको सुरुआत



कामना सेवा विकास बैंकले नेसनल पेमेन्ट स्विचअन्तर्गतको नेपालपे क्यूआरका लागि आफ्नो व्यवसाय रहेको ग्राहकलाई नेपालपे क्यूआर सुविधा प्रदान गर्न सुरु गरेको छ ।

यसमार्फत कामना सेवा बैंकका आफ्नो व्यावसाय रहेको ग्राहकलाई क्यूआर पेमेन्टमार्फत भुक्तानी प्राप्त गर्न सहज हुनेछ ।

नेपालपे क्यूआर नेपाल राष्ट्र बैंकले जारी गरेको र एनसीएचएलद्वारा सञ्चालित क्यूआरको माप्दण्ड कार्यान्वयन गर्ने प्रमुख पूर्वाधार हो। जस्ले नेटवर्क र मर्चेन्टस्तरमा स्वतन्त्र योजनामा काम गर्न र अन्तरसञ्चालनमा मद्दत गर्नेछ ।

कामना सेवा विकास बैंक नेसनल पेमेन्ट स्विचमा आबद्ध हुने र नेपालपे क्यूआरलाई समर्थन गर्ने पहिलो विकास बैंक रहेको हो। यससँगै कामना सेवाका आफ्नो व्यावसाय रहेको ग्राहकले अब नेपालपे क्यूआरमार्फत सक्षम भएका कुनै पनि उपकरणद्वारा आफ्ना ग्राहकबाट प्राप्त भएको भुक्तानी व्यवस्थापन गर्न मर्चेन्टका रुपमा दर्ता गर्न सक्नेछन् । जुन कामना सेवा विकास बैंक र अन्य बैंक तथा वित्तीय संस्थाको वालेट वा कनेक्टआईपीएसको मोबाइल बैंकिङमार्फत यो सुविधा प्रयोग गर्न सक्नेछन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आईतवार ११:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।