अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले चैत महिनामा लागू हुने ब्याजदर आज फागुन ३० गते सार्वजनिक गरेका छन् ।
बैंक तथा वित्तीय संस्थाहरुले फागुनमा लागू गरिएकै ब्याजदरलाई चैतमा निरन्तरता दिएका छन् । उनीहरुले चैतमा ब्याजदर स्थिर राखेका हुन् ।
वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबीए) को गत शुक्रबार साँझ बसेको बैठकमा चैतमा ब्याजदर नबढाउने सहमति भएको थियो । सोहीअनुसार वाणिज्य बैंकहरुले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । जसअनुसार वाणिज्य बैंकहरुको चैतमा पनि व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ११.०३ र संस्थागतमा अधिकतम १०.०३ प्रतिशत ब्याज कायम हुनेछ । बचत खातामा न्यूनतम ५.०५ प्रतिशत ब्याजदर हुनेछ ।
यसैगरी विकास बैंक र फाइनान्स कम्पनीहरुले चैतमा ब्याजदर स्थिर राखेका छन् । अर्थात् उनीहरुले पनि फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
राष्ट्रियस्तरका विकास बैंकहरुले चैतमा पनि व्यक्तिगत मुद्दतिमा अधिकतम ११.५५ प्रतिशत र संस्थागतमा अधिकतम १०.५५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् । क्षेत्रीयस्तरका विकास बैंकहरुले व्यक्तिगत मुद्दतिमा अधिकतम ११.६५ प्रतिशत र संस्थागतमा अधिकतम १०।६५ प्रतिशत ब्याजदर कायम गरेका छन् ।
त्यस्तै फाइनान्सहरुले फागुनमा कायम गरिएको व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ११.७१ प्रतिशत र संस्थागतमा अधिकतम १०.७१ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएका छन् ।
फागुनमा बैंक तथा वित्तीय संस्थाहरुले बढाएका थिए ।





















प्रतिक्रिया