Logo

अर्थ

ग्रीन भेन्चर्स कम्पनीको आईपीओ कहिले खुल्छ ?



ग्रीन भेन्चर्स लिमिटेडले आउँदो चैत ८ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आईपीओ निष्कासन लागि ९ फागुनमा अनुमति पाएसँगै ८ चैतबाट आईपीओ निष्कासन गर्ने जनाएको हो । कम्पनीले ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार कित्ता आईपीओ जारी गर्नेछ ।

९३ हजार ७ सय ५० कित्ता कर्मचारी र १ लाख ५६ हजार २ सय ५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी २८ लाख ७५ हजार कित्तामा सर्वसाधारण आवेदन दिन पाउनेछन् । 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट र मेरो शेयरबाट आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार १२:११   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।