Logo

कर्पोरेट फोकस

एनएमबि बैंकमा भिडियोबाट अकाउन्ट खोल्दा डिम्याट, मेरो सेयर र सिआरएन अनलाइनबाट लिन मिल्ने



काठमाडौं । एनएमबि बैंकले भिडियो केवाईसी, भिडियो कलमा आधारित खातासँगै देश वा विदेशमै बसी डिम्याट, मेरो सेयर र सीआरएन अनलाइनबाट लिन सकिने योजना ल्याएको छ ।

बैंकका ग्राहकले एनएमबि बैंकमा भिडियो कलमार्फत् अनलाइन नयाँ खाता खोल्न डिजिटल सेवा प्रयोग गरेर आफ्नो केवाईसी विवरणहरू पूरा अपडेट गर्न सक्नेछन् ।

बैंकले ग्राहकहरूका लागि डिजिटल बैंकिङ्गको अनुभवमा परिवर्तनको शुरुवात गरेको दाबी गरेको छ । ग्राहकहरुले अब मोबाइल र इन्टरनेट बैंकिङ्गको परम्परागत उपयोगको परिधिभन्दामाथि उठेर बैंकसम्म नआई बैंकिङ्ग गतिविधिहरु सञ्चालन गर्न सक्ने व्यवस्था गर्ने भएको बैंकको दाबी छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार ११:५८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।