Logo

कर्पोरेट फोकस

नेपाल टेलिकमले ल्याएको फागु पर्व अफर, यस्ता छन् सुविधा



मुलुकभरि मनाइने फागु पर्वका अवसरमा नेपाल टेलिकमले अनलिमिटेड डाटासहितको फागु अफर उपलब्ध गराएको छ । यो अफर भोलि अर्थात् चैत ३ गतेदेखि चैत १७ गतेसम्म उपलब्ध हुनेछ ।

यो अफरअन्तर्गत रु. ६९ मा एक एमबीपीएस अनलिमिटेड डाटा २४ घण्टा, रु. ९८ मा ६ जीबी डाटा ३ दिन र रु. २९४ मा २० जीबी डाटा १० दिनका लागि उपलब्ध हुनेछ । 141511# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ ।

नेपालीको महत्वपूर्ण पर्वहरु फागु पूर्णिमा र चैतेदसैँलाई समेत दृष्टिगत गरी ल्याइएको यस अफरको अवधि १५ दिनसम्म कायम रहनेछ ।
यस अफरबाट सम्पूर्ण ग्राहक लाभान्वित हुने भन्ने कम्पनीको विश्वास रहेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार १९:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।