Logo

कर्पोरेट फोकस

सिटिजन्स बैंकको वार्षिकोत्सवको अवसरमा छुट योजना, एक महिनासम्म लागु हुने



सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा विभिन्न योजनाहरू सार्वजनिक गरेको छ । बैंकले यही चैत्र ७ गते देखि वैशाख ७ गते सम्म १ महिनाको लागि लागू हुनेगरि विभिन्न सेवा सुविधामा भारी छुट र क्यासब्याक, लगायतका योजनाहरू सार्वजनिक गरेको हो ।

सो योजना अन्तर्गत डेबिट-क्रेडिट कार्ड प्रयोगकर्ताहरूले पस मेसिन र अनलाइन मार्फत रु १००० वा बढीको कारोबार गर्दा एकमुष्ट रु २०० क्यासब्याक दिइने कम्पनीले जनाएको छ । यसै गरी पहिलो पटक क्युआर कोड मार्फत भुक्तानी गर्ने ग्राहकहरूका लागि रु १०० को क्यासब्याक प्रदान गरिने व्यवस्था गरिएको छ ।

बैंकले योजना अवधि भरमा इ–कम कार्ड लिन चाहने ग्राहकलाई सो कार्ड निःशुल्क रूपमा उपलब्ध गराउने भएको छ । त्यस्तै, ५ लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु बीमा तथा ५० हजार रुपैयाँसम्मको स्वास्थ्य बीमा सुविधा सहितको सिटिजन्स संरक्षित बचत खाता खोल्दा बचतकर्ताहरूलाई लागि निःशुल्क डेबिट कार्ड, मोबाइल÷इन्टरनेट बैंकिङ, डिम्याट खाता प्रदान गर्ने बैंकले जनाएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७८, शुक्रबार १३:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।