आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ६ सयले घटेर तोलाको ९९ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको ९९ हजार ८ सयमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुन तोलाको ९८ हजार ७ सयमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मुल्यमा पनि घटेको छ । आज चाँदी तोलामा १० रुपैंयाँले घटेर तोलाको १३७५ मा कारोबार भएको महासंघले जनाएको छ । यस अघि शुक्रबार चाँदी तोलाको १३८५ मा कारोबार भएको थियो ।





















प्रतिक्रिया