एनएमबी बैंकले प्रदेश नं. २ का उखु किसानहरूलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराएको छ । बैंकले कृषि तथा उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राख्दै प्रदेश नं. २ मा हालसम्म १५६ जना उखु किसानहरूलाई कलैया र गोलबजार शाखाबाट सहुलियतपूर्ण कर्जा उपलब्ध गराएकाे बैंक जनाएकाे छ ।
बैंकले उखु किसानहरूलाई सहज रुपमा कर्जा प्रवाह गर्ने उद्देश्यले रिलायन्स सुगर मिल्स र हिमालय सुगर मिल्ससंग सम्झौता गरेको थियो । सम्झौता अनुसार बैंकले उक्त चिनी उद्योगलाई आवश्यक माग पूरा गर्न उखु खेतीमा प्रोत्साहन गर्दै किसानहरूलाई सहुलियतपूर्ण कर्जा प्रवाह गरेको हो । यसका साथै सुगर मिल्ससँग सहकार्य गरी किसानहरूको उखु खेतीलाई आवश्यक अन्य विभिन्न प्राविधिक सहयोगहरू पनि गर्दै आएको बैंककाे भनाइ छ ।
कर्जा प्रवाह भएपश्चात हालसालै बैंकले गरेको स्थलगत निरीक्षणमा अधिकांश किसानहरूको जिवनस्तर परिवर्तन भएको र किसानहरूले उखु बिक्रीबाट लाभान्वित भई बैंकको कर्जासमेत तोकिएको भाकाभित्रै भुक्तानी गरिरहेको पाइएको छ।
चिनी उद्योगहरूमा उखुको माग हुँदाहुँदै पनि कर्जा नपाउँदा उखु खेती गरी उत्पादन बढाउन नसकेका किसानहरूले बैंकले सहुलियपूर्ण कर्जा उपलब्ध गराएपछि आफूलाई प्राथमिकतामा राखी सहुलियतपूर्ण कर्जा प्रवाह गरेको महशुस गरेका छन्।
एनएमबी बैंक द फाइनान्सियल टाइम्स लण्डनको ‘द बैंकर’ पत्रिकाबाट एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ द ईयर एसिया २०२१’ अवार्डबाट सम्मानित भएको बैंक हो । बैंकले सन् २०१७, २०१८, २०२० र २०२१ मा पनि नेपालकै उत्कृष्ट बैंकको सम्मान ‘बैंक अफ द इयर नेपाल’ प्राप्त गरिसकेको छ ।
एनएमबी बैंकले हाल देशभरी २०१ शाखाहरू, १३९ एटीएमहरू, १० एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।





















प्रतिक्रिया