Logo

कर्पोरेट फोकस

बैंक अफ काठमाण्डू सुरु गर्यो हेल्पलाईन सेवा



बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो ग्राहक महानुभावलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले हेल्पलाईन सेवा सुचारु गरेको छ ।

बैंकले आफ्नो ग्राहक महानुभावहरुलाई बैंकिङ कारोबारमा सहज होस् भन्ने हेतुले बैंकको डिजिटल सेवा तथा सुबिधाहरुको जानकारी तथा सेवा संचालनमा सहयोग गर्नको लागि हेल्पलाईन स्थापना गरेको छ ।

यस हेल्पलाईन सेवा अन्र्तगत ग्राहक महानुभावहरुले बैंकको कुनैपनि डिजिटल कारोबारहरुको कुनै जिज्ञासा भएमा यस बैंकको सहयोग कक्षबाट फोन वा इमेलको माध्यमबाट सहयोग लिन सक्नेछन् ।

बैंकको मोबाईल बैंकिङ, इन्टरनेट बैंकिङ्ग, क्यूआर कोर्ड, डेबिट कार्ड, क्रेडिट कार्ड, एटिएम तथा को कारोबारमा केहि समस्या आएमा बैंकका ग्राहकले हेल्पलाईन नम्बर ०१–५९१९९११ मा सम्पर्क गर्न सक्नेछन् ।

बैंकले सार्वजनिक गरेको यस हेल्पलाईन सेवाले ग्राहक महानुभावहरुको बैंकिङ्ग कारोबारमा तथा डिजिटल कारोबारमा अझै सहजता बनाउने विश्वास बैंकले लिएको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९७ शाखा कार्यालयहरु, ८७ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार १०:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।