Logo

कर्पोरेट फोकस

खल्तीमा बैंक लिंक गर्दा बोनस पाइने



खल्ती डिजिटल वालेटले खल्तीमा पहिलो पटक बैंक लिंक गरेमा एक सय बोनस पाउने अफर ल्याएको छ । यो अफर लोड गर्ने झन्झटबाट मुक्त गरि अनलाइन भुक्तानीलाई प्रोत्साहित गर्ने उद्देश्यले ल्याइएको हो ।

हाल, खल्तीमा लिङ्क गर्न योग्य २० बैंकहरू उपलब्ध छन् । तसर्थ, पहिलो पटक आफ्नो बैंक खाता खल्तीमा लिङ्क गर्ने प्रयोगकर्ताहरूलाई मात्र बोनस उपलब्ध हुनेछ । बैंकहरू लिङ्क गर्न, प्रयोगकर्ताले आफ्नो प्थ्ऋ प्रमाणित गर्नुपर्छ । यो अफर चैत्र ९ गते २०७८ देखि बैशाख ८, २०७९ गते सम्म लागु हुनेछ कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७८, बिहीबार १६:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।