Logo

कर्पोरेट फोकस

सेञ्चुरी बैंकको नयाँ निक्षेप खाता, के–के छन् सुविधा ?



सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आमजनताको बचत गर्ने बानीको विकास गर्न सेञ्चुरी रिकरिङ निक्षेप खाता सञ्चालनमा ल्याएको छ ।

नियमित आम्दानी प्राप्त गर्ने रोजगारीमा भएका वर्ग, महिला, बालबालिका, निश्चित आम्दानी भएका कृषक, साना उद्यमी व्यवसायी, विप्रेषण (रेमिटान्स) प्राप्त गर्ने ग्राहकलाई लक्षित गरी सेञ्चुरी रिकरिङ मुद्दति र सेञ्चुरी फ्लेक्सी फिक्स्ड नामक दुई निक्षेप खाता सञ्चालनमा ल्याएको हो । न्यूनतम रु. १ हजारमै खोल्न सकिने र खातामा क्रमिक रुपमा थप रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ ।

सेञ्चुरी रिकरिङ मुद्दतिमा खाता खोल्दाकै बखतको ब्याजदर प्रदान गरिनेछ भने सेञ्चुरी फ्लेक्सी फिक्स्ड खातामा बैंकले समय–समयमा प्रकाशित गरेको मुद्दति निक्षेपअनुरुपको ब्याज प्रदान गरिने बैंकले जनाएको छ ।

सेञ्चुरी बैंकका सम्पूर्ण शाख मार्फत खाता खोल्न सकिनेछ ।

आधुनिक प्रविधिका माध्यमबाट देशका दुर्गम तथा सहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२९ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र ११३ एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : १७ चैत्र २०७८, बिहीबार १७:२६   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।