Logo

विचार / ब्लग

नाबालिग गायिका बलात्कार – “दुईवटा अदालतले पूर्पक्षकालाई थुनामा पठाएको सन्दर्भ’’



मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४६ “बिभिन्न क्षेत्रसँग सम्बन्धित कसूर भएमा त्यस्ता क्षेत्रमध्ये कुनै क्षेत्रको अदालतले मुद्दा हेर्न सक्नेस् देहायको अवस्थामा कुनै क्षेत्रको अदालतले मुद्दाको कारबाही र किनारा गर्न सक्नेछस्( (ग) एकै घटनाको सिलसिलामा बिभिन्न कसूरहरु बिभिन्न क्षेत्रमा भएकोमा त्यस्तो कसूरहरुमध्ये कुनै कसूर भएको क्षेत्रको अदालतलेू र २०७४ को दफा ४८ “कुनै कसूर सम्बन्धी मुद्दा एकभन्दा बढि अदालतको अधिकार क्षेत्रभित्र पर्ने भई एकभन्दा बढि अदालतमा मुद्दा दायर भएको रहेछ भने जुन अदालतमा पहिले मुद्दा दायर भएको हो सोही अदालतले र एकै दिन दायर भएकोमा एकै पुनरावेदन सुन्ने अदालतको अधिकारक्षेत्रभित्र पर्ने अदालतमा भए त्यस्तो अदालतको पुनरावेदन सुन्ने अदालतले तोकेको अदालतले र भिन्नभिन्न पुनरावेदन सुन्ने अदालतको अधिकारक्षेत्रभित्र पर्ने भए सर्वोच्च अदालतले तोकेको अदालतले त्यस्तो कसूर सम्बन्धी मुद्दाको कारबाही र किनारा गर्नु पर्नेछ ।’

सँग बाझिएको म लगायत बिभिन्न अधिबक्ताको संचार माध्यममा आएको आभिब्यक्तिको कारण नेपालको संबिधान २०७२ धारा ४८ नागरिकका कर्तब्य को (ख) संबिधान र कानुनको पालना गर्नुलाई टेक्दै कानुन उल्लंघन गर्ने दुवै अदालतमध्ये कुनै एक अदालतबाट कारबाही सुरु गर्नु पर्ने मागसहित एकै पुनरावेदन सुन्ने उच्च अदालत पोखरा आउने हप्ता नै रिट दायर गर्ने निर्णय लिएको पत्रकार महोदय तथा सम्पूर्ण नेपालीलाई जानकारी गराउन चाहन्छु ।

सर्वप्रथम प्रशासकीय अदालत नियमावली, २०७७ को ३१ “मिसिल तथा कागजात निरिक्षणको लागि निवेदन दिनु पर्नेः (१) अदालतमा भएको कुनै मिसिल वा कागजातको निरिक्षण गर्ने चाहने ब्यक्तिले देहाएका कुराहरु खुलाई चाहिने दस्तुर साथ राखि छुट्टाछुट्टै मिसिल वा कागजातको निरिक्षणको लागि अनुसुची–५ बमोजिमको ढाचामा छुट्टाछुट्टै निवेदन दिनुपर्नेछः– (क) जुन मुद्धाको मिसिल वा कागजातको निरिक्षण गर्न चाहेको हो सो मुद्दाको मिसिल, नम्बर र साल, (ख) निरिक्षण गर्न चाहेको मिसिल वा कागजातको विवरण, (ग) निरिक्षण गर्ने ब्यक्तिको नाम, थर र ठेगाना । (२) उपनियम (१) बमोजिम अदालतमा रहेको मिसिल वा अन्य कागजात निरिक्षण गर्न चाहेमा देहाय बमोजिमको दस्तुर लाग्नेछः (घ) मुद्दाको सरोकारवाला पक्षबाहेक अरुले तत्काल निरिक्षणको लागि निवेदन दिएकोमा पन्ध्र रुपैया । र ३२ “नक्कल दिनेः निवेदकले नक्कलको लागि लाग्ने दस्तुर दाखिल गरेपछि रजिस्टार वा निजले खाटाएको अधिकृतले साधारणतः सोही दिन सकभर छिटो प्रतिलिपि वा नक्कल सारी वा सार्न लगाई निवेदकको निर्धारित ठाउँमा निवेदकको दस्तखत गराई नक्कल दिनुपर्नेछ । लाई टेक्दै मिसिलको नक्कलको लागि निवेदन दिनेपनि जानकारी गराउन चाहन्छु ।

म, पब्लिक इनोभेटर, कुनै बादी र प्रतिवादी अर्थात पक्ष र विपक्ष नभई कानुनको पक्षधर भएको नाताले कोही कसैले मलाई आफ्नो पक्षको फाईदाको लागि प्रयोग गर्न सक्नेतिर पनि सचेत रहेको र सम्मानित अदालतले दिने कुनै पनि निर्देशन, फैसला र आदेशलाई सम्मान गर्ने पनि प्रतिबद्धता जाहेर गर्दछु ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार १९:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।