बसन्तपूर दरबारको अगाडी नौतले मन्दिर छ। राजाहरुले बेल्का नौतले मन्दिरको टुप्पोबाट काठमाण्डौको जनताको घरमा चुलो बल्यो की बलेन भनेर हेर्ने गर्थे रे ।
अहिले दलहरुले चुनाव आएपछि नागरिकको स्थिति बुझ्नको निम्ति प्रत्येक जिल्लामा अरबौ खर्च गरेर नौतले मन्दिर जस्तै भ्यु टावर बनाएका छन् ।
अर्काको देखासिखी गर्दै जुनियर भिमसेन थापा बन्ने रहरमा पहाडका टुप्पोमा, बनाईएका भ्यु टावर नाम दिईएका कंक्रिट का संरचनाहरु ,सर्भे डिजाइन नगरिकन डोजर प्रयोग गरेर अन्दाधुन्द खनीएका सडकहरु ले विकास को औचित्य लाइ गिज्याइरहेको छ ।
स्थानीय तह, प्रदेश र संघीय सरकारको बजेटमा भ्यु टावर बनाउने प्रतिस्पर्धा, विद्यालय, अस्पताल, खानेपानी र सडक पूर्वाधार उपेक्षामा मुलुकमा कैयौं बस्तीमा अझै पनि खानेपानी, शिक्षा, स्वास्थ्यलगायत आधारभूत सुविधा पुग्न सकेको छैन । तीन तहका सरकारहरू भने पर्यटन विकासका नाममा अग्ला डाँडा खोज्दै भ्यु टावर बनाउने लहडमा छन् ।

अधिकांश पहाडी जिल्लाबाट मनोरम दृश्य नियाल्न टावर चढिरहनुपर्दैन । तर पर्यटन विकासका नाममा डाँडामै भ्यु टावर बनाउन सरकारले करोडौं खर्चिएको छ ।
यत्ति धेरै पहाड र हिमाल भएको देशमा जावो टावरको रौनकता के ? भन्ने गम्भीर प्रश्न खडा भएको छ ।
यो ५ वर्षमा हाम्रो देशमा करिब १२ सय भ्यू टावर, मुर्ति, गेट निर्माण भएका छन् र अनगिन्ती भवन ! ठ्याक्कै थाहा छैन !
नेपालका अझै कति पहाडी र हिमाली भेगमा वार पार गर्न पुल छैनन् । विधार्थीहरू जोखिम मोलेर विधालय जान बाध्य छन् ।कति विधालयहरू खाँबो र छानोले मात्र अडिएका छन् । कर्णालीमा बत्ती पुगेको छैन, बाटो पुगेको छैन् । शिक्षाको पहुँच गाउँ गाउँमा अझै पुगेको छैन् ।
पर्यटन प्रवर्द्धन राम्रो हुनै सकेको छैन् । कृषिको हविगत उस्तै छ, अस्पतालको सुविधा छैन, स्टेचरमा बोक्दा सुत्केरीको ज्यान गएको गई छ ।
टावर, मूर्ति, गेट आदि विकासको पहिलो खुड्किला होइनन्, विलासिता हुन्, विकासको अन्तिम पाइला हुन् ।
देशले राम्रो स्वास्थ्य शिक्षामा लगानी गर्न आवश्यक छ ! र रोजगारीका लागि उद्योग वा उत्पादनमूलक कारखाना स्थापना गर्नु नै विकासको पहिलो आधार हो ! तर हाम्रो देशमा उच्च पदस्थ मा रहेका नेतृत्व वर्गले त्यसो गर्दैनन् ! यो पीडादायी छ !सगरमाथाको देशमा, शिर झुकाउँने भ्यू टावर जहाँबाट केवल करूपता मात्र देखिन्छ‘ ।
देशको अर्थतन्त्रलाई पुनः विश्भर फैलिएको कोरोना महामारीले पछिल्लो ३ वर्ष देखी थिचिरहेको अवस्थामा भ्यु टावर यति विधी प्राथामिकतामा राखेर निर्माण गरिनुमा हास्यास्पद मात्र होईन गम्भिर पनि छ भन्दै विभिन्न बिज्ञ व्याक्तित्व र सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ताले टिप्पणी गरिरहेका छन् ।





















प्रतिक्रिया