Logo

इराकविरुद्धको मैत्रिपूर्ण खेलमा नेपाल ६ गोलले पराजित 



इराकको बास्रामा भएको नेपाल र घरेलु टोलीबीचको मैत्रिपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलमा नेपाललाई घरेलु टोलीले ६ गोलले पराजित गरेको छ ।  खेलमा घरेलु टोली इराकले ६ गोल हान्दा नेपालले २ गोल फर्काएको हो । । 

इराकले ४२ औँ मिनेटयता तीन गोल गरेको हो । इराकले ४२, ४४ मिनेट र इन्जुरी समयमा गोल गर्‍यो । त्यसअघि खेलमा अग्रता इराकले लिएको थियो, सातौँ मिनेटमा। तर एक मिनेटलगत्तै नेपालले इराकी खेलाडीको आत्मघाती गोलमा खेल बराबरीमा ल्याएको थियो। नेपालले २९ औँ मिनेटमा अग्रता लिएको थियो, मनिष डाँगीको गोलमा। मनिषको नेपालका लागि यो डेब्यु खेल थियो । 
मध्यान्तरअघि ४–२ गोलले अग्रता लिएको इराकले बाँकी गोल दोस्रो हाफमा गरेको होे ।

नेपाल र इराकबीचको यो चौथो खेल हो। यसअघिका तीन खेल पनि इराकले जितेको थियो ।

यो मैत्रीपूर्ण खेलपछि टीम नेपाल विश्वकप २०२२ र एएफसी एसिया कप २०२३ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलका लागि कुवेत जानेछ ।

नेपालले ३ जुनमा चाइनिज ताइपेई, ७ जुनमा जोर्डन र ११ जुनमा अष्ट्रेलियासँग खेल्नेछ । समूह बी मा रहेको नेपालले ५ खेलबाट ३ अंक जोडेको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७८, आईतवार ००:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।