Logo

कर्पोरेट फोकस

माथिल्लो मोदी ए जलविद्युत‍्मा एनएमबी बैंकले लगानी गर्ने



काठमाडौं । एनएमबी बैंक लिमिटेड, हाइड्रोइलेक्ट्रिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड र मोदी जलविद्युत् कम्पनीबीच ५२ मेगावाट क्षमताको माथिल्लो मोदी ए जलविद्युत‍्मा लगानी गर्न सम्झौता भएको छ ।

मोदी ए जलविद्युत आयोजना कास्कीको अन्नपुर्ण गाउँपालिकामा सञ्चालित आयोजनामा सहवित्तीयकरणअन्तर्गत कर्जा लगानी गर्न समझदारी भएको हो

मोदी जलविद्युत कम्पनीको मुख्य लगानीकर्ता नेपाल विद्युत् प्राधिकरण छ । माथिल्लो मोदी ए जलविद्युत आयोजनाको कुल लागत ९ अर्ब ८ करोड रहने जानकारी गराइएको छ ।

एनएमबी बैंकले हाल देशभर २०१ शाखाहरू, १३९ एटीएमहरू र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७८, बुधबार १६:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।