चलचित्र निर्देशक ऋषि लामिछानेको स्वास्थ्यमा सुधार आएको छ । उनी कोरोना सङ्क्रमणमुक्त भएका छन् । अस्पताल भर्ना भएर लामै समय बसेका उनी घर फर्किएको एक हप्ता भएको छ । उनले अहिले पनि निमोनियाको औषधि खाइरहेका छन् भने चिकित्सकले एक महिनासम्म आराम गर्नुपर्ने बताएका छन् ।
उनले सामाजिक सञ्जालमा एक मार्मिक पोस्ट सार्वजनिक गर्दै सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिएका छन् ।
उनले लेखेका छन् :
हार्दिक आभार
पुर्ण रुपमा स्वस्थ भएर घरमै बसिरहेको छु ! हस्पिटलबाट घर आएको एक हप्ता भयो ! निमोनियाँ को औषधि खादै छु ! अब एक महिना रेष्ट गर्नुपर्ने छ !
मेरो स्वास्थ्य लाभको कामना गर्नुहुने सबै ब्यक्तिवहरुमा नमन ! अरु सङ्ग लड्न सजीलो होला तर आफ्नै जीन्दगी सङ्ग लड्न गाह्रो हुदोरैछ ! लडे खिस्सी गर्ने र हिडे खुट्टा तान्नेहरुको बिचमा उभिएका छौ हामी सबै ! को आफ्नो को पराई , को नजीक को टाढा , कस्ले मन र मुटु बाट बोल्यो , कस्ले ठिक्क पार्यो , कस्ले माया गर्यो कस्ले मायाको नाटक गर्यो यो सबै देखे पनी भोगेपनी ! यस्ता सबैमा पनी आभार ब्यक्त गर्द्छु !
आदरणीय दाई राजीब पहारी र भाउजु शृजना पण्डित पहारी प्रति हार्दिक आभार , हरेक दिन हाम्रो सम्पुर्ण परीवारलाई सल्लाह दिने डाक्टर रबिन्द्र पाण्डे समीर प्रति आभार , डाक्टर बिष्णु पहारी र ग्राण्डी हस्पिटलका सम्पुर्ण टीम प्रति आभार !
म हस्पिटल हुदा मलाई हरपल phone र message बाट उत्साह र उर्जा दिने सम्पुर्ण आत्मिय मनहरुमा आभार !
म संसारको सबैभन्दा भाग्यमानी मान्छे जस्ले आफ्नो श्रीमतिको रुपमा तिमिलाई पाएको छु ! मेरो खुसि , मेरो सुख , मेरो हासो , मेरो उर्जा सबै तिमि नै हौ ! मलाई मेरो हर दुख र पिडामा साथ दिने मेरो जीवन सङ्गीनी सरिता तिमि छौ र म छु !
प्रतिक्रिया