Logo

अन्तर्राष्ट्रिय

आर्थिक सहयोगका लागि श्रीलंका दिगो ऋण मार्गमा हुनुपर्ने मुद्रा कोषको भनाई



अन्तर्राष्ट्रिय मौद्रिक कोषले श्रीलंकालाई आर्थिक सहयोग गर्नु पूर्व श्रीलंका दिगो ऋण मार्गमा रहेको पर्याप्त आधार हुनु आवश्यक रहेको बताएको छ । आईएमएफ श्रीलंका मिसन प्रमुख मासाहिरो नोजाकीले मङ्गलवार रोयटर्सलाई दिएको एक वक्तव्यमा आईएमएफ प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले मङ्गलवार श्रीलंकाको प्रतिनिधिमण्डलसँग ऋण विकल्प र नीति योजनाबारे छलफल बताइन् ।

उनले आईएमएफ समर्थित कार्यक्रम श्रीलंकाको भुक्तानी समस्याको तीव्र सन्तुलन समाधान गर्ने र अर्थव्यवस्थालाई सकेसम्म चाँडै दिगो विकास मार्गमा फर्काउने हिसाबले डिजाइन गरिन पर्ने प्रारम्भिक निष्कर्ष निस्किएको बताएका छन् ।

चरम आर्थिक संकटको सामना गरिरहेको श्रीलकांमा आर्थिक संकट विरुद्धको प्रदर्शन बढ्दै गएपछि श्रीलंकाले हाल अन्तर्राष्ट्रिय मुद्रा कोषसँग द्रुत वित्त साधन (आरएफआई) ऋणका लागि आग्रह गरेको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषले हाल श्रीलंकामा देखा परेको चरम आर्थिक संकट र यसका कारण आम मानिसले भोग्न परेको समस्यालाई लिएर चासो व्यक्त गरेको पनि नोजाकीले जानकारी गराएका छन् । यद्यपि आईएमएफले गत महिना गरेको वार्षिक आर्थिक समीक्षामा श्रीलंकाको सार्वजनिक ऋण अस्थिर रहेको र आकस्मिक आरएफआई सहित कुनै पनि आईएमएफ ऋण अगाडि बढाउनु पूर्व ऋण स्थायित्व पुनर्स्थापित गर्न देशले कदम चाल्नु आवश्यक रहेको भन्ने निष्कर्ष निकालेको नोजाकीको भनाई छ ।

ऋण स्थायित्वको पुनर्स्थापनाको लागि सामान्यतया सार्वजनिक ऋणको पुनर्गठन वा पुनः निर्माण आवश्यक हुन्छ । ऋण स्थायित्व पुनर्स्थापित गर्न श्रीलंकालाई उसको सबैभन्दा ठूलो द्विपक्षीय ऋणदाता चीनबाट सहयोगको आवश्यकता पर्ने कोषको भनाई छ ।

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार १६:२२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।