भारतमा कोरोना भाइरस महामारीकाे दाेस्राे लहरमा एक महिना अर्थात मे महिनामा ८८ लाख ८२ हजार संक्रमित भएका छन्। भारतमा हालसम्म २ कराेड ८ लाखलाई काेराेना संक्रमण पुष्टि भइसकेकाे छ।
समाचार एजेन्सी पीटीआईका अनुसार मे महिनामा मात्र एक लाख १७ हजार २४७ संक्रमितकाे ज्यान गएकाे छ। भारतमा हालसम्म तीन लाख २९ हजार एक सयकाे ज्यान गइसकेकाे छ।
७ मे मा एकैदिन चार लाख १४ हजार १८८ जनामा काेराेना पुष्टि भएकाे थियाे। याे संक्रमणदर महामारी सुरु भएयताकै ठूलाे हाे.भारतमा १७ मे पछि संक्रमणदर घट्दै गएकाे छ।
साेमबार भारतमा एक लाख ५२ हजार ७५३ जनामा काेराेना पुष्टि भएकाे छ। बिबिसी हिन्दीबाट
प्रतिक्रिया