Logo

समाचार

भारतमा एक महिनामै एक लाख १७ हजार काेराेना संक्रमितकाे मृत्यु



भारतमा कोरोना भाइरस महामारीकाे दाेस्राे लहरमा एक महिना अर्थात मे महिनामा ८८ लाख ८२ हजार संक्रमित भएका छन्।  भारतमा हालसम्म २ कराेड ८ लाखलाई काेराेना संक्रमण पुष्टि भइसकेकाे छ।

समाचार एजेन्सी पीटीआईका अनुसार मे महिनामा मात्र एक लाख १७ हजार २४७ संक्रमितकाे ज्यान गएकाे छ। भारतमा हालसम्म तीन लाख २९ हजार एक सयकाे ज्यान गइसकेकाे छ।

७ मे मा एकैदिन चार लाख १४ हजार १८८ जनामा काेराेना पुष्टि भएकाे थियाे। याे संक्रमणदर महामारी सुरु भएयताकै ठूलाे हाे.भारतमा १७ मे पछि संक्रमणदर घट्दै गएकाे छ।

साेमबार भारतमा एक लाख ५२ हजार ७५३ जनामा काेराेना पुष्टि भएकाे छ। बिबिसी हिन्दीबाट

प्रकाशित मिति : १८ जेष्ठ २०७८, मंगलवार ०७:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।