Logo

बागमती प्रदेश

कांग्रेस मकवानपुर सभापतिले मागे माफी



हेटौंडा । नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले यौनिक तथा लैङ्गिक समुदायसंग माफी मागेका छन् ।

उनले मंगलबार कांग्रेस पार्टी कार्यालयमा तालाबन्दी गर्ने कार्यकर्तालाई गाली गर्दै यौनिक तथा लैङ्गिक समुदायलाई ठेस पुग्ने खालका शब्दहरु बोलेका थिए । उनले आज यौनिक तथा लैङ्गिक समुदायको संस्था फ्रेन्डस हेटौंडाको कार्यालयमा पुगेर माफी मागेका हुन् । सभापति लामाले माफी माग्दै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई सधै सम्मान गर्ने बताए ।

उनले स्थानीय तह निर्वाचनको घोषणापत्रमा समेत यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई समेट्न अधिकतम् प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति : ८ बैशाख २०७९, बिहीबार १८:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।