Logo

बैंकिङ

एनएमबी बैंकका भिसा कार्डवाहक ग्राहकलाई योयो जिपलाईनमा विशेष छुट



काठमाडौं । एनएमबी बैंकले योयो जिपलाईनसँग ग्राहकलाई छुट प्रदान गर्न सम्झौता गरेको छ ।

बैंकले आन्तरिक पर्यटनमा सहकार्य गर्ने उद्देश्यले स्काई साइक्लिङ्ग, जिप लाईन, स्विङ्ग, केनोपि र रेष्टुरेन्ट एण्ड कफि शपको सेवामा बैंकका ग्राहकलाई छुट प्रदान हुने गरी योयो जिपलाईनसँग सम्झौता गरेको हो ।

बैंकका ग्राहकहरुले उक्त सेवाहरुको भिसा कार्ड मार्फत भुक्तानी गर्दा बिदाको दिन बाहेकको दिनमा १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट रिटेल बैंकिङ्ग प्रमुख रोशन रेग्मी र योयोका तर्फबाट अध्यक्ष रामशरण तिमिल्सिनाले हस्ताक्षर गरेका छन् ।

एनएमबी बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार १२:४१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।