Logo

टिप्पणी

पूरै सत्ता गठबन्धनलाई एमाले एक्लै भारी



नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले ५ दलीय सत्ता गठबन्धनलाई आफ्नो पार्टी भारी परेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्क एनआरएन को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता रायमाझीले भने, “गठबन्धन वैचारिक र राजनीतिक होइन । विचार र योजनाविहीन छ । यसले विकास होइन, विनासतिर लैजाने निश्चित छ । अहिले नेकपा एमालेको पक्षमा देशव्यापी लहर छ । पार्टी प्रवेशको लाखौं पैमानामा पुगिसक्यो । एमाले एक्लै भारी परेको छ सत्ता गठबन्धनलाई ।”

केन्द्रमा भएको गठबन्धन स्थानीय तहमा अस्वीकार्य भएको पनि रायमाझीले बताए ।

उनले थपे, “चितवनमा महागठबन्धन भएको छ, कांग्रेसकै नेता बागी छन् । पश्चिम रुकुममा कांग्रेस र एमालेको सहकार्य भएको छ । राष्ट्रिय स्तरमा भएको अपवित्र गठबन्धनलाई जनताले रुचाएका छैनन् ।

‘नेकपा एमाले नेकपाको निरन्तरमा बनेको छ । दिनको झझल्को बिहानले दिन्छ । अहिलेको जनलहरले एमाले अत्यधिक मतले विजय हुने संकेत गरिसकेको छ ।”

प्रकाशित मिति : बैशाख २५, २०७९ आईतबार  ५ : २५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।